एकीकृत समाजवादीको सचिवालय बैठक आज
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । बिहीबारबाट सुरु हुने बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीतर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने बताइएको छ । साथै बैठकमा इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनबारेमा समेत छलफल हुने छ ।
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूची हटाउने प्रयासमा छौँ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ।
मन्त्रीपरिषद् बैठक बस्दै
आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित : सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताउनुभएको छ ।
रास्वपाको वडा अधिवेशन आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो ।
समृद्ध मुलुक बनाउन एमालेकै सरकार चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माण गर्न एमाले नेतृत्वकै सरकार अपरिहार्य भएको बताउनुभएको छ ।
भूकम्पपीडितलाई गोरखापत्र संस्थानको ६ लाख ८७ हजार सहयोग
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित परिवारका लागि गोरखापत्र संस्थानले छ लाख ८७ हजार ११३ रुपियाँ आर्थिक सहयोग गरेको छ।
महासमिति बैठक पुनः सार्नेकुरा भएको छैनः उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ।
राष्ट्रपति पौडेलसँग विश्व बैङ्कका निर्देशकको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक पेरीस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ ।
सन्तुलित विकासका लागि संसदीय समितिमा छलफल
मुलुकको सन्तुलित विकासका लागि सम्बन्धित निकायसँग समन्वय गर्न संसदीय समितिमा छलफल भएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित ‘सुशासन प्रवर्द्धन र सन्तुलित विकासमा सङ्घीय सांसद र सरोकारवालासँग अन्तरक्रिया’मा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबैले अधिकारका विषय उठाउने तर आफ्नो कर्तव्य बिर्सँदा सन्तुलित विकासले गति लिन नसकेको बताउनुभयो ।
औद्योगिक ग्रामले कृषि उत्पादनमा टेवा पुग्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्ने बताउनुभएको छ ।
‘कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताउनुभएको छ ।
सहकारीलाई स्वरोजगारमुखी बनाउन मन्त्री देउवाको सुझाव
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नवजीवन सहकारी जस्ता धेरै संस्था भए सरकार समेत बलियो हुने उहाँले बताउनुभयो ।
राप्रपाकाे बृहत् आमसभा कैलालीमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत् आमसभा कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भएको छ ।
सहकारीलाई स्वरोजगारमुखी बनाउन मन्त्रीको सुझाव
सहकारी संस्थालाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
सङ्कल्प यात्रा टोली बिहीबार धनकुटा आइपुग्ने
नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोली बिहीबार धनकुटा आइपुग्ने सो पार्टीले जनाएको छ ।
सङ्घीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङ्सिर २४ गतेदेखि लागू हुने गरी बुधबार गौतमको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सङ्घीय सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
नेपालको शिक्षा मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ ।
मुख्यमन्त्रीको गाडीमा क्षति गरेको आरोपमा एक पक्राउ
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको सवारी साधन तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पक्राउ गरेको छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बुधबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
सङ्घीय सरकारविरुद्धको रिट निवेदन संवैधानिक इजलासमा
सङ्घीय सरकारविरुद्ध बागमती प्रदेश सरकारले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
समग्रमा मुलुकको अर्थतन्त्र सही बाटोमा : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
झुलाघाट चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको आग्रह
नेपाल कम्युनिष्ट पार्टी एमालेले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचान पक्षधर नेता कार्यकर्तासँग आग्रह गरेको छ।