शुक्रबारकाे प्रतिनिधिसभा बैठक
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
माओवादीको ४१ सदस्यीय स्थायी समिति : श्रेष्ठ र महरा उपाध्यक्ष
काठमाडौं, असार २३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक बिहीबार सम्पन्न भएको छ। बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाइएको माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले जानकारी दिनुभयो। यसैगरी वैकल्पिकसहित एक सय ५६ सदस्यीय पोलिटब्यूरो समिति टुंगो लगाइएको उहाँले बताउनुभयो। बैठकपछि सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले भन्नुभयो, “बैठक सम्पन्न भएको छ। केही दिनभित्रै पदाधिकारी चयन हुन्छ। स्थायी सदस्य ४१ र पोलिटब्यूरोमा एक सय २५ सहित वैकल्पिक सदस्य पनि छन्।”उहाँले स्थायी समितिमा १५ जनाको नाम टुंगो लागेको र बाँकी संख्याको विवरण चाँडै प्राप्त हुने बताउनुभयो। कतिपय प्रदेश र वरिष्ठ नेता वैकल्पिक पोलिटब्यूरोमा रहनुहुने उहाँको भनाइ छ। स्थानीय तहको निर्वाचनमा घात, अन्तरघात गर्नेलाई अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा छानबिन गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो।उहाँले केन्द्रीय समितिमा १५ प्रतिशत दलित, २० प्रतिशत युवा र ३५ प्रतिशत महिला तथा मुस्लिमको सहभागीता हुने पार्टीको विधान र आठौं महाधिवेशनको निर्णयको आधारमा केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय भएको बताउनुभयो।यसैगरी, सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नारायणकाजी श्रेष्ठ र महरालाई उपाध्यक्षमा चयन गरेको जानकारी दिनुभयो। महराले भन्नुभयो, “आज केन्द्रीय समितिको बैठक बस्यो, आजको बैठकमा सबैभन्दा पहिले अध्यक्षले राजनीतिक प्रतिवेदनमा जुन छलफल उठेको थियो, त्यसको जवाफ दिनुभयो। संगठन सम्बन्धी तीन कुरा भए। १२५ जनाको पोलिटब्यूरो भयो, वैकल्पिक हुनुहुन्छ। ४१ जनाको स्थायी कमिटी बन्यो। अहिले दुई जना उपाध्यक्ष भएका छन्, नारायणकाजी र कृष्णबहादुर महरा।” उहाँले अहिले स्थायी समितिमा १५ जनाको नाम मात्रै राखिएको पनि स्पष्ट पार्नुभयो।
बूढीगंगा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सम्पन्न
बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाका साथ निर्वाचन सम्पन्न भएको छ। बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ३ र ९ मा फर्जीमतको विषयलाई लिएर केही समय मतदान गर्ने कार्य रोकिएको थियो।
आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक छ : पूर्व प्रमुख आयुक्त पोखरेल
काठमाडौं, असार २३ गते।पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाउनुभएको छ।बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।उहाँले निर्वाचनमा उम्मेदवारी दिएका नेताले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यवहारिक भएको बताउनुभएको हो।पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो।उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहको बताउनुभयो।पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुग्ने बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘निर्वाचन आयोगले चुनाव खर्च जुन तोकेको छ त्यो अव्यवहारिक छ।कसैले पनि त्यो पैसाले निर्वाचन हुनसक्छ भन्न सक्दैन। धेरै खर्च हुनुमात्रै चिन्ता नभएर राजनीतिज्ञलाई पैसाले किन्यो।अर्को कुरा निर्वाचन संयन्त्र अपराधीको पकडमा गएपछि कुन बाटो समाउँछौँ गुड गभर्नेन्स वा अन्य ?’’पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको श्रोत खोज्न आवश्यक रहेको बताउनुभयो।उहाँले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउन हुने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनीसमेत दिनुभयो।‘चुनावमा खर्च गर्ने पैसा कहाँबाट आउँछ, कालो हो कि सेतो ? मुलुकभित्रको कि, बाहिरको हो ? किनभने संसारका धेरै मुलुकमा मुलुकभन्दा बाहिरबाट आएको निर्वाचनको खर्चले मुलुकको राजनीतिमा प्रभाव पारेका कुरा छन्।हाम्रोमा यदि त्यो प्रतिस्पर्धा हुने हो भने हामी कहाँ पुग्छौँ डर लागेको छ’’, उहाँले भन्नुभयो।पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टी बिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताउनुभयो।उहाँले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताउनुभयो।उहाँले निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दललाई दिनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती : नेता प्रदीप पौडेलयसैगरी, नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा पछिल्लो समय बढ्दै गएको खर्चिलो प्रकियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताउनु भयो । नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्छ भन्नुभयो । नेता पौडेलले भन्नुभभयो, ‘‘पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुन्छ, त्यसले हाम्रो व्यवस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको छ ।’’निर्वाचन कानुन र आचार संहिता धेरै छन्, कतिपयरूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन, अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ । नेता पौडेलले भन्नुभयो, ‘‘अहिले त्यो खर्चमा एक दुईजनाले निर्वाचन लडेका होलान नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् । यति मात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।’’
जनताको सेवक भएर काम गर्नुहोस् : उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह गर्नुभएको छ ।
मधेशमा अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रम
लक्षी चौधरीजनकपुरधाम, असार २३ गते। मधेश प्रदेशको राजधानीमा शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा सुरु भएको छ। मधेशको राजधानी जनकपुरधामस्थित बिहीबार अन्तर प्रदेश अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम सुरु भएको हो। मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयद्वारा आयोजित कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मधेश प्रदेशसभाका सभामुख सरोजकुमार यादव उपस्थित हुनुभएको छ। सो कार्यक्रममार्फत् जनकपुरधाम साझा प्रतिवद्धता, २०७९ घोषण गरिनेसमेत जनाइएको छ। कार्यक्रममा सातै वटा प्रदेशका गृहमन्त्रीलाई आमन्त्रण गरिएको थियो। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका गृहमन्त्री, प्रदेश सचिव र मुख्य न्यायाधिवक्ता मात्र उपस्थित हुनुभएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, बागमती प्रदेशका कृष्णप्रसाद शर्मा खनाल, गण्डकीका डोबाटे विश्वकर्मा, लुम्बिनीका आन्तरिक मामिला ताथ सञ्चारमन्त्री तिलकराज शर्मा, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलको उपस्थिति छ। यसैगरी मधेशका भैतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थिति छ। यसैगरी कार्यक्रममा प्रदेशका महान्याधिवक्ता, प्रदेशका सचिव, मधेशका सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति छ। सो कार्यक्रमको अध्यक्षता मधेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गर्नुभएको छ।
माओवादीकाे राजनीतिक प्रतिवेदन पारित, बैठक एक घण्टाका लागि स्थगित
काठमाडौं, असार २३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको छ। यससँगै अध्यक्ष दाहालले एक सय २५ जनाको पोलिट्ब्युरोको नाम सम्बोधन गर्नुभएको थियो। यस विषयमा केहीको नाम छुटेको भन्ने आएपछि माओवादी केन्द्रका पूर्व स्थायी कमिटीका सदस्य छलफलमा लाग्नुभएको जगत सिंखडाले जानकारी दिनुभयो।त्यसपछि केन्द्रीय समितिको बैठक भने एक घण्टाका लागि स्थगित गरिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “पीबीको नाम वाचन भयो। तर, केही साथीहरुको छुटेको भन्ने आयो। अहिले अध्यक्षसहित पूर्वस्थायी कमिटीका सदस्य होमवर्क गर्दै हुनुहुन्छ। स्थायी कमिटी, पोलिट्ब्युरो आजै टुङ्गो लाग्ने भन्नेछ।”
माओवादी केन्द्रीय समितिमा अध्यक्ष प्रचण्ड जवाफ दिनुहुँदै, मन्त्रालयका विवरण उपलब्ध गराउन आग्रह
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बिहीबार जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिइरहनुभएको छ । बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले सुझाव एवम् जिज्ञासा राख्नुभएको थियो ।
गैरआवासीयको मताधिकार- संविधानमा सुनिश्चित, संसदमा कानुनको अड्को
विदेशमा रहेका नेपाली नागरिकको मतदाधिकारको विषयले चर्चा पाएको लामो समय भएको छ। गैरआवासीय नेपाली नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमा छ बुँदे निर्देशनात्मक आदेश दिएको थियो।