महोत्तरीमा डकैतीका घटना बढे
महोत्तरीमा चाडपर्व आगमनसँगै चोरी तथा डकैतीका घटना बढेको छ । एक दिनअघि मात्र जिल्लाको सम्सीमा डकैतीको घटना घटेको थियो । मंगलबार राति ओैरहीमा लुटपाटसँगै एक जनालाई घाइते बनाएका छन् ।
नगदसहित अठार जुवाडे पक्राउ
प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई धनगढीको दुई स्थानबाट पक्राउ गरेको हो ।
द्वन्द्व पत्रकारिताको एक दशकमाथि न्यूयोर्कमा विमर्श
अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श गरिएको छ ।
दसैंमा रमाइलो गर्न पिङको जोहो
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ भित्रिसकेको छ । शहर गएकाहरू गाउँ फर्किने क्रम जारी छ । विद्यालयहरू बिदा भएका छन् । गाउँघरमा रमाइलो गर्न स्थानीयले परम्परागत पिङ हाल्न थालेका छन् ।
पत्रकारले बनाइदिए दृष्टिविहीनको घर
बाँकेको खजुरा गाउँपालिका वडा ६ का दृष्टिविहीन जयबहादुर विकको घर वर्षामा भत्किएपछि पत्रकारले सहयोग जुटाएर बनाएका छन् ।
प्रहरी अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर
दसैंजस्तो ठुलो चाडपर्व चलिरहेकै बेला बाँकेकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
झिम्रुक नदी किनारको बरौंला बजार
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ स्थित रहेको बरौंला बजार सुन्दर देखिएको छ । बरौंलामा ६ वटा वडा रहेको ऐरावती गाउँपालिकाको मुकाम हो ।
खसीबोका बेच्न आएका कृषक भन्छन्, ‘टीका लगाउन घर पुग्छौं’
सिन्धुलीको खुर्कोटबाट करिब हप्ता दिन हिडेर पदमबहादुर जर्गामगर ४० वटा खसीबोका लिएर काठमाडौं आउनुभयो । बाढी पहिरोले बाटो बगाएपछि काभ्रेको तिमाल डाँडा, भकुण्डे हुँदै उहाँ भृकुटीमण्डपको खसीबजारसम्म आइपुग्नुभयो ।
गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ
जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न कपिलवस्तु प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।
छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको हो ।
हुलाक दिवसको अवसरमा प्रभातफेरी
एकसय ५० औं विश्व हुलाक दिवसका अवसरमा बुधबार बिहान बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड, क्याम्पसचोक, संगमचोक हुँदै बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
गाईको महत्व उजागर गर्न महायज्ञ
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा गाईको महत्व उजागर गर्न महायज्ञ सञ्चालन गर्न लागिएको छ ।
डाइभर्सन बनेपछि हेवा खोलामा यातायात सुचारु
बाढीले बेलिब्रिज बगाएपछि असोज १२ गतेदेखि आवागमन ठप्प भएको मेची राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि आवागमन सुरु भएको छ ।
ट्राफिक प्रहरीको सम्झाउँदै बुझाउँदै अभियान
नवलपुर ट्राफिक प्रहरीले चोक चोकमा चालकलाई रोकेर सम्झाउँदै, बुझाउँदै दसैको शुभकामना दिएर पठाउने अभियान सुरु गरेको छ ।
गाउँबाट हराउन थाल्यो पिङ
नेपालीहरुको घरमा महान पर्व दसैँ बिहीबारदेखि सुरु भएको छ । घटस्थापनासँगै यस वर्षको दशैँ घर–घरमा प्रवेश गरेको छ । घटस्थापनाको सङ्घारमा कतिपय देवी देवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यक पर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ ।
काठमाडौँ उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिँदै
काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रुको चाप बढेको छ ।
धर्मपुत्री (कथा )
क्रिस्टिना बारबरा आज अति खुसी छिन् । उनको आँखामा खुसीको आँसु छचल्किराखेको छ । एकातिर ओठको हाँसो पस्केर स्वागत, फूलमाला, सम्मान, प्रशंसापत्र लिइराखेकी छिन् अर्कोतिर छचल्किए
गुफाडाँडामा उक्लिँदा
गुफाडाँडा जाँदै छौँ । मेलम्ची बजार छाडेर हाम्रो गाडी केही मात्र उकालिएको थियो, मेलम्चीलाई हवाईजहाजको झ्यालबाट हेरे जस्तो हेर्नुपर्ने भइसक्यो । २०७८ असारमा आएको ठुलो बाढीको त्रासदी र चर्चा अझै
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ ।
शक्तिपीठमा दसैँको रौनक
दसैँको पाँचौँ दिनसम्म आइपुग्दा मधेशका भगवतीका मन्दिर तथा शक्तिपीठमा भिडभाड बढ्दै गएको छ । प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका गरी आठ वटै जिल्ला
मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी
उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो ।
तीव्र गतिमा डाइभर्सनको काम
रोसीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएको बिपी राजमार्ग सञ्चालन गर्न तीव्र गतिमा काम भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले दसैँअघि अवरुद्ध भएको सडक सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिए पनि दसैँअघि सडक सञ्चालन हुनेमा आशङ्का भने कायमै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
कार जत्रो कछुवाको जीवाश्म
कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको छ ।