सामुदायिकमा अब्बल चन्द्रोदय
धादिङ जिल्ला रोराङ गाउँपालिका–५, विशालटारमा अवस्थित चन्द्रोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा अब्बल मानिएको छ । काठमाडौँबाहिरको यो विद्यालय पठनपाठन र भौतिक संरचनाको दृष्टिले पनि अन्य सामुदायिक विद्यालयलाई उछिनेको छ । यो विद्यालयलाई काठमाडौँका नाम चलेका निजी विद्यालयभन्दा कम छैन । भौतिक संरचना र यहाँको वतावरण सबैलाई आकर्षित पार्ने खालको छ । पछिल्लो समय यहाँ विद्यार्थीको अत्यधिक चाप पनि बढिरहेको छ । अहिले ८८६ जना विद्यालर्थीले अध्ययन गर्दै आएका छन् । विसं २०१६ मा न्यून विद्यार्थी सङ्ख्यास
नखानु है कटन क्यान्डी
मुनाका साथीहरू, तपाईंहरू आफ्ना अभिभावकसँग कतै घुम्न जाँदा हेर्दै आकर्षक देखिने ‘रङ्गीन कटन क्यान्डी’ देख्यो भने किनिदिन भन्नुहुन्छ होला होइन । अझ कसैले त रङ्गीन कटन क्यान्डी जसरी पनि किनिदिन भन्ने र झगडा नै गर्ने गरेको पनि देखिन्छ । अबदेखि यस्तो कुरा नखानु होला । हुन पनि परिवारसँगै बजार, सडकपेटी, मेलालगायतका स्थानमा हिँड्दा बालबालिकाको पहिलो रोजाइ बन्छ रङ्गीन ‘कटन क्यान्डी’ । यसप्रति बालबालिकाको यस्तो आकर्षण हुन्छ कि उनीहरू यसका लागि झगडा गर्नसमेत तम्सिन्छन् ।
मान्छे नडुब्ने समुद्र
भाइबहिनीहरूले मृत सागरको नाम सुनेको हुनु पर्छ । नत्र गुगलमा सर्च गरे पनि धेरै जानकारी पाइन्छ । इजरायल र जोर्डनको बिच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ । यस सागरको मुख्य स्रोत जोर्डन नदी हो । जोर्डन नदीलगायत अन्य नदीनालाबाट आउने खनिजको बढ्दो मात्राले यसलाई खनिजको भण्डार भने पनि हुन्छ । यहाँ पोटासियम कार्बोनेट, म्याग्नेसियम, क्लोराइड, ब्रोमिन ज
आहा ! नयाँ कक्षा
वसन्तको आगमनसँगै रुख बिरुवामा नयाँ पातहरू पलाए । सबैतिर नयाँ पालुवा टुसाए । फूलहरूले मिठो सुवास छर्न लागे । वसन्त अर्थात् चैत वैशाखका दिन सुरु भएपछि कोइलीको स्वर गुन्जिन थाल्यो । नयाँपन र नयाँ सिर्जना नै वसन्तको अर्को नाम हो कि ! प्रकृतिमा मात्र होइन, मानव जीवनमा समेत यस समयले सिर्जनशीलता थप्दछ । वसन्तश्रावणी अर्थात् श्रीपञ्चमीबाट बालबालिकाले शिक्षा आरम्भ गर्ने परम्परा हामीकहाँ छ । नयाँ वर्षको आगमनसँगै विद्यार्थी नयाँ कक्षामा प्रवेश गर्ने ढोका खुल्छ । नयाँ ढोका खुल्नुको तात्पर्य नयाँ संसारमा प्रवेश गर्नु पनि हो । नयाँ ठाउँमा जाँदा नौलो वातावरण कस्तो होला भन्ने खुलदुली जाग्नु स्वाभाविकै हो । यसैले त नयाँ भन्नासाथ हामीलाई कता कता रमाइलो अनि अप्ठ्यारो पनि लाग्छ ।
गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट
गोरखापत्र संस्थानको मुख्य प्रकाशन गोरखापत्र दैनिक र द राइजिङ नेपाल दैनिकको ग्राहकका लागि ३३ प्रतिशत छुटको सुविधा सार्वजनिक गरेको छ । संस्थानले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ वर्ष २०८१ साल देखि जेठ महिनाभर यो अफर ल्याएको जनाएको छ ।
बाह्रै महिना पढाइ हुने हिमालपारि
उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु हुँदै आएको पाइएको छ । लिमीको वडा कार्यालय र अभिभावकले विद्यालयलाई बाह्रै महिना पठनपाठन सुचारु राख्ने निर्णय गरे अनुसार अत्यधिक चिसो बढिरहेको भए पनि हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन जारी रहेको छ । विद्यार्थीलाई बाक्ला कपडा लगाएर कक्षाकोठामा प्रवेश गराउने गरिएको छ । त्यति मात्र नभएर विद्यालयमै आगो बाल्ने व्यवस्थासमेत गरिएको छ ।
वसन्तपञ्चमीको महिमा
वसन्त पञ्चमीलाई सरस्वती पूजा भनेर पनि चिनिन्छ । यो पर्व विशेष गरी हिन्दु धर्मावलम्बीले मनाउने गर्दछन् । विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्वबाट वसन्त ऋतुको आगमन हुन्छ । यो दिन मन्दिर र शैक्षिक संस्थामा माता सरस्वतीको पूजा गरिन्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना हुने भएकाले बिहानैदेखि विद्यार्थी विद्या प्राप्तिका लागि नुहाइधुवाइ गरेर देवीसँग आशीर्वाद लिन्छन् । यो दिन धेरै शुभकार्य गर्ने चलन छ । जस्तैः ‘गृहप्रवेश’ र नयाँ व्यापार सुरु गर्न वा महत्वपूर्ण आयोजना सञ्चालन गर्न, बालबालिकाको नाक, कान छेड्न आदि । यो अति नै शुभदिनमा विद्यार्थीले माता सरस्वतीसँग विद्या, बुद्धि र विवेकका लागि प्रार्थना गर्छन् र विद्यालय नगएका साना बालबालिकाले
साँचो मित्रता
पूर्वी तराईको जनकपुर उपमहानगरपालिकामा बस्ने दुई मित्रहरू सुभाष घिमिरे र सत्यम पौडेल थिए । दुवै ज्यादै मिलनसार, मेहनती, इमानदार र एकाअर्काप्रति ज्यादै आत्मीय थिए । उनीहरूको मित्रता उदाहरणीय थियो । उनीहरू एकाअर्काका छिमेकी पनि थिए र मित्रता पनि बालककालदेखिकै थियो । यी मित्रहरूको चरित्र भने एकाअर्काको विपरीत थियो । सुभाष गम्भीर, अध्ययनतिर नै ध्यान दिने, अरू क्रियाकलापमा खासै चाख नलिने, साथीभाइको समूहमा पनि धेरै घुलमिल नहुने एकान्तप्रेमी थियो भने उसको साथी सत्यम ठिक विपरीत स्वाभावको । हरेक क्रियाकलापमा सक्रियता देखाउने, धेरै मान्छेसँग नजिकिएर मित्रता गाँस्ने, आफ्नो वाक्पटुताले सबैलाई दङ पार्ने स्वभावको थियो । विद्यालयको अतिरिक्त क्रियाकलाप जस्तै वादविवाद प्रतियोगिता, खेलकुद आदि हरेक छेत्रमा सक्रिय भएर सहभागिता जनाउँथ्यो । अध्ययनतिर भने धेरै ध्यान नै दिँदैनथ्यो । यसरी विपरीत स्वभावका यी दुईको मित्रता भने अचम्मको घनिष्ठ थियो ।
मेरो अभिनय यात्रा
मेरो नाम अंशिका जोशी हो । म सानैदेखि पढाइसँगै अतिरिक्त क्रियाकलापमा रुचिपूर्वक भाग लिने गर्दै आएकी छु । म हाल भ्याली भ्यु स्कलमा ६ कक्षामा अध्ययनरत छु । कक्षा ५ मा पढ्दै गर्दा अभिनय सिक्न मलगायत मेरो स्कुलका अन्य साथी राजन गुरुले सञ्चालन गरिरहनुभएको लालावालामा भर्ना भयौँ । राजन गुरुले हामीलाई निकै मेहनत गरेर आधारभूत अभिनय कला सिकाउनु भयो । म अहिले पनि उहाँसँगै शनिबारको कक्षा लिने गर्छु । करिब एक वर्षमा मैले चार वटा नाटकमा अभिनय गर्ने मौका पाएकी छु । जसमा एउटा छोटो फिलिम, भानुभक्त, साथ र गौतम बुद्व छन् ।
बाँसबारीबाट बन्यो शिवपुरी विद्यालय
विसं २००५ मा स्थापना हुँदा शिवपुरी माध्यमिक विद्यालय बाँसबारीमा सञ्चालित थियो । बाँसबारीमा निजी घरबाट पठनपाठन सुरु भएको यस विद्यालयको नाम स्थापनाकालमा बाँसबारी माध्यमिक विद्यालय नै रहेको बताइन्छ । काठमाडौँ महानगरपालिका–३, महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयको लामो इतिहास छ । विस. २००५ मा नगन्य विद्यार्थी सङ्ख्यासहित स्थापना भएको यस विद्यालयमा अहिले करिब १६ सय विद्यार्थीले अध्ययन गर्दै आउनुभएको छ । बाँसबारीमा स्थापना भएको भए पनि विभिन्न समयमा कहिले चक्रपथ, कहिले हालको कान्ति बाल अस्पताल भएको स्थानमा सर्दै आएको यस विद्यालय विस. २०२१ मा महाराजगञ्जमा सरी दिगो रूपमा बालबालिकालाई सेवा दिन थालेको हो ।
दोलखादेखि कालिञ्चोकसम्म
हामी २०८० साल पुस २० गते शुक्रबार दोलखा जिल्लाको भ्रमणमा गयौँ । स्कुलमा जाडो बिदा भएकाले हामी घुम्न गएका हौँ । दोलखा जाँदा काठमाडौँबाट गाडी चढेपछि भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै दोलखा सदरमुकाम चरीकोट पुगिने रहेछ । चरीकोटबाट केही पर दोलखा बजारमा मेरो आफन्तको घर भएकाले बास बस्न त्यता गयौँ । काठमाडौँ छोडेर म पहिलो पटक गाडीको लामो यात्रामा हिँडेको थिएँ । दोलखामा बस्दा, दोलखा भीमसेनको मन्दिर, कालिञ्चोक मन्दिर र जिरी घुम्न पाएँ । ती सबै ठाउँको घुमघामका बारेमा केही लेख्दै छु ।
जुम्ल्याहा दिदीबहिनीको पौडीमोह
नेपालमा हुने सबैजसो पौडी प्रतियोगितामा अहिले एक जुम्ल्याहा दिदीबहिनी प्रायः देखिने गर्दछ, देवाण्षी र आध्यश्री जोशी । जुम्ल्याहाबिच खेल भयो भने कस्तो होला । छुट्याउनै गाह्रो होला होइन त । प्रायः जुम्ल्याहालाई छुट्याउन कठिन हुन्छ नि त तर देवाण्षी र आध्यश्रीको हकमा त्यस्तो छैन । यी दुई हरेक कुरामा फरक छिन् । एक काली, अर्की गोरी छिन् । देवाण्षी सबैसँग बोलिरहने, मनमा जे आयो त्यही बोल्ने, धेरै जिस्किने खालकी छिन् । त्यसैले देवाण्षीका साथी पनि धेरै छन् । आध्यश्री कम तर मिलाएर बोल्छिन् । देवाण्षी दुई मिनेटले कान्छी छिन् तर शारीरिक रूपमा दुईमध्ये देवाण्षी बलियो छिन् ।
दुप्चेश्वरको यात्रा
नुवाकोटको दुप्चेश्वर मेला जाने हाम्रो योजना बन्यो । सानैमा एक पटक दुप्चेश्वर दर्शन गर्न गएको तर धेरै याद छैन । मङ्सिर १६ गते शनिबार बिहानै सबेरै नुहाएर स्कार्पियो गाडी रिजर्भ गरेर हाम्रो परिवार, काका, काकी र छिमेकी सरिता फुपू र सविना दिदीसमेत यात्रामा लागियो । मनमा धेरै उत्सुकता थियो । नयाँ ठाउँ कहाँ के के देखिने हो । बेत्रावती, त्रिशूली,
बाबु धेरै टाढा नजाऊ है
सूत्रधारः चन्द्रले बुवा सूर्य र आमा धनमायालाई आफ्नै गाडीमा गाउँ पुर्याएर फर्किए । छोरा प्रकाश जन्मिएको बेला स्याहारसुहार गर्न भनेर बुवाआमालाई काठमाडौँ ल्याएका थिए । समय बितेसँगै उता गाउँमा बुवाआमा रोइ रहे, यता सहरमा चन्द्रले बुवाआमालाई बिर्सिए । एक दिन कोठानजिकैको पार्कमा आमा सुशीला र बुवा चन्द्र, छोरा प्रकाशलाई साइकल सिकाउन थाले । सुशीलाः अब बाबुले सजिलै साइकल चलाउन सक्छ । अस्ति अस्ति मैले सिकाएँ, आज हजुर सिकाइस्यो । चन्द्रः ल, ल मज्जाले चलाउ मैले समाइरहेको छु । डराउनु पर्दैन । ...गज्जब, गज्जब, गज्जब ! मेरो छोराले चलायो । मज्जाले चलाउन आइसकेछ !
तरकारी उत्पादन गर्दै विद्यार्थी
काठमाडौँका विद्यालयमा बालेन शाहले सिपमूलक शिक्षाको विकास गरेसँगै देशभरिका विभिन्न विद्यालयमा पनि शिक्षासँगै सिपको विकास गर्ने लहर बढेको छ । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको समाचारबाट पनि थाहा हुन्छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी विद्यालयले आपूर्ति गरिरहेको छ । दिवा खाजाका लागि विद्यालयले ताजा तरकारी किन्नु परेको छैन ।
सङ्घर्षबिच भूपिको जीवनी
प्यारा भाइबहिनीहरू ! नेपाली साहित्यमा गद्य कविता क्षेत्रका एक नक्षत्र भूपि शेरचनबारे सानो जनकारी गराउँछु है त । भूपि शेरचनको पूरा नाम भूपेन्द्रमान शेरचन हो । उनको जन्म विसं १९९२ पुस १२ गते मुस्ताङ जिल्लाको थाकटुकुचेमा भएको थियो । उनी सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ पुत्र हुन् । भूपिका बाबु धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लैजाने र त्यहाँ उत्पादित स्थानीय वस्तु पोखरामा ल्याएर बेच्थे । परिवारमा खान र लाउन दुःख थिएन । दिन समय बित्दै गए । उनी पाँच वर्षको हुँदा आमाको देहावसान भयो । उनीबारे अनर्गल प्रचार सुरु भए । हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । आमा टोकाहा र पिराहा जस्ता उपनाम पाए । यता मातृवियोग झेल्नु प¥यो, उता परिवार र समाजबाट अपहेलित र तिरष्कृत जस्तै बन्नु प¥यो । क
चर्चा भिपिएनको
छोटो भिडियो पोस्ट गर्न सकिने टिकटक नेपालमा बन्द गर्ने निर्णयपछि अहिलेसम्म पनि त्यसको चर्चा चलिरहेकै छ । भाइबहिनीले पनि समाचार अथवा घरमै आमाबुवाबाट पनि यो खबर पक्कै थाहा पाउनु भएकै होला । टिकटक बन्द भएपछि त्यसको जति धेरै चर्चा भयो त्यससँगै भिपिएनको पनि चर्चा सुरु भयो । त्यसो त प्रविधिको दुनियाँमा भिपिएन कुनै नौलो कुरा होइन तर नेपालमा भने यो यतिबेला चर्चित बन्न पुगेको छ । भिपिएनको चर्चा बढेपछि यसबारे जान्ने बुझ्ने चासो पनि बढेको छ । बारम्बार सुनिराखेपछि भाइबहिनीलाई पनि पक्कै यसबारे जान्न मन लागेको हुनु पर्छ ।
पाठका लेखक भेटेपछि
कक्षाकोठामा विभिन्न विधाको पाठ पढाउँदा शिक्षकले लेखकका बारेमा पनि पढाउनुहुन्छ । लेखकका बारेमा पढ्दै गर्दा लेखकचाहिँ कस्ता हुन्छन् होला भन्ने जिज्ञासा हुन्छ हाम्रो मनमा र भेट्ने चाहना हुन्छ अन्तरमनमा । हाम्रो मनको त्यो चाहना मनमा नै रहन्छ, कहाँ प्रत्यक्ष भेट्ने अवसर मिल्छ र लेखकसँग तर गत वर्ष विद्यालयले त्यो अवसर जुराइदियो । हामीले आफूले पढ्नुपर्ने पाठका लेखकसँग प्रत्यक्ष भेट्ने र अन्तर्क्रिया गर्ने अवसर पायौँ । नेपाली विषयका गुरु केशरी अम्गाईले कक्षा ९ को
लामो र ठुलो नदी ‘नाइल’
विश्वको सबैभन्दा लामा दुई नदी छन्– आन्ध्र महासागरसम्म बहने अमेजन (अनेजोनाज) र भू–मध्ये सागरसम्म बहने नाइल (बहरे–एल–नील) यसमध्ये कुन सबैभन्दा बढी लामो छ ? सन् १९६९ मा नापिएको अमेजन नदीको लम्बाइ छ हजार चार सय ४७ किमी छ । पछिल्लो गणनामा पहिलेको भन्दा ३०३ किमी बढेर छ हजार सात सय ५० किमी पाइयो । बेल्जियमका एम. डेबरायको नाप अनुसार नाइल नदीको लम्बाइ छ हजार ६७० किमीलाई मान्ने हो भने नाइल अमेजन नदीभन्दा
पुग्नैपर्ने धैबुङ कालिका
कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने
सानी खेलाडी सुरम्या
सुरम्या शाक्य अहिले ११ वर्षकी छिन् । सेन्ट मेरिज स्कुलमा कक्षा ६ मा पढ्छिन् । उनी टेबलटेनिस खेलाडी हुन् । सानो उमेरमै सुरम्याले टेबलटेनिसमा धेरै पदक जितिसकेकी छन् । हरेक बालबालिकामा केही न केही प्रतिभा हुन्छ । अभिभावकले समयमै आफ्ना केटाकेटीको प्रतिभा किटान गर्न सक्नु पर्छ । उनीहरूको झुकाव केमा बढी छ । खेलकुदमा छ भने कुन खेल उसका लागि उपयुक्त हुन्छ, त्यो थाहा पाउनु पर्छ । यही कुरालाई मनन गर्दै बुवा सुमन शाक्यले आफ्नी छोरी सुरम्यालाई प्रशिक्षणको व्यवस्था गरेरै टेबलटे
बालनाटक महोत्सव
लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भनेको हरेक वर्ष आयोजना गरिने महोत्सव हो । यसमा विभिन्न देशका कलाकार आएर आफूले तयार पारेका नाटक प्रस्तुत गर्ने हुने रहेछ । तीन दिनसम्म लगातार नाटक प्रस्तुत भयो । स्वस्तीश्री गुरुकुल आई. वल्र्ड स्कुलको आयोजनामा भएको महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्यान्ड, श्रीलङ्का, इजरायल र थाइल्यान्डका रङ्गकर्मीको सहभागिता रहेको नाटकको निर्देशक तथा परिकल्पना भने रङ्गकर्मी टङ्क चौलागाईंले गर्नुभएको थियो ।
सबैले सम्झिने प्रधानाध्यापक, चालिस वर्ष एउटै विद्यालय
चालिस वर्षको लामो समय एउटै विद्यालयमा खर्चेर विद्यालयलाई एउटा आकर्षक र नमुना विद्यालय बनाएका प्रधानाध्यापक हुन विष्णुप्रसाद पनेरु । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको लामो इतिहास छैनभन्दा पनि हुन्छ ।विगत ४० वर्ष अगाडि चार जना विद्यार्थीसहित स्थापना भएको यस विद्यालयमा अहिले करिब नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०४० साल कात्तिक ७ गते यस विद्यालयको स्थापना भएको हो । जहाँ स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकका रूपमा विष्णुप्रसाद पनेरु हुनुहुन्छ । विद्यालय अति नै राम्रो समुदायले रुचाउने बनेको छ । यस विद्यालयमा नमुना कार्यक्रम पनि सञ्चालन हुँदै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने कार्यक्रम पनि सञ्चालनमा छ ।
रमाइलो चित्लाङ
साथीहरू विद्यालयबाट टाढा कतै टुर लैजाँदा कति रमाइलो हुने रहेछ । साथीहरू घुमेको र रमाइलो गरेको त मैले पनि धेरै पढेको थिएँ । यस माघ अङ्कको मुनामा भने म मेरो स्कुलले चित्लाङ भ्रमणमा लैजाँदा मैले देखेको र रमाइलो लागेको कुरा भन्ने छु है । शिक्षक र हामी साथीहरू दुई दिनका लागि चित्लाङ रेसोर्टमा बस्यौँ । हामीले त्यहाँ बस्दा चित्लाङको प्राकृतिक सौन्दर्यलाई पनि नजिकैबाट हेर्ने मौका पायौँ । पहिलो पटक यति रमाइलो ठाउँमा घुम्न पाउँदा हामी साथीहरू त धेरै नै खुसीले रमाएका थियौं । रिसोर्टमा हामीलाई मन पर्ने त्यही स्थानीय गाउँमा उत्पादन भएको खानेकुरा खुवाउनुभएको थियो ।