चलचित्र समाजको ऐना
चलचित्र जीवन्त साहित्य हो । यसलाई समाजको ऐना पनि भनिन्छ । कथा, कविता गीत गजल, मुक्तक, नाटक, निबन्ध, उपन्यास, काव्य वा महाकाव्यसरह चलचित्रले पनि जीवनको प्रतिविम्ब प्रकट गर्छ । चलचित्रको माध्यमबाट जाति, भाषा, साहित्य, संस्कृति, ज्ञान–विज्ञान, प्रविधि, गीत, सङ्गीत, कला कौशलको प्रवद्र्धन गर्दै राष्ट्रको पहिचान विस्तार गरी समाजलाई बाटो देखाउने माध्यम पनि हो ।
निर्वाचनमा बालबालिकाको प्रयोग निषेध
निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झन्डा पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।
तिहार पर्व सांस्कृतिक मूल्य
तिहार पर्वमा काग, कुकुर, लक्ष्मी, गाईगोरु, गोवर्धन पर्वत तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ भन्ने तिमीहरुलाई थाहै छ तर यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ । तिहार हामी नेपालीको सांस्कृतिक पर्व हो । दशैँपछि लगत्तै आउने यो चाड दशैँपछिको सबैभन्दा ठूलो पर्व हो । हरेक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष यही कात्तिक ६ गतेदेखि १० गतेसम्म रहेको छ ।
सामुदायिक विद्यालयमा हरेक दिन मीठो खाजा
विद्यालयमा विद्यार्थीको आशा । पढाइ राम्रो होस् भन्ने त छँदैछ, यससँगै स्कुलमा व्यवस्था गरिएको दिउँसोको खाजा मीठो खान पाए अझ राम्रो होस् भन्ने चाहना अर्कोतिर । सरकारले व्यवस्था गरेको खाजाको रकमले विद्यालयलाई राम्रो खाजा खुवाउन त्यसै पनि हम्मेहम्मे । विद्यार्थी भन्छन्, जहिले पनि जाउलै पाक्छ । विद्यार्थीले सार्वजनिक स्थानमा सामान्य कुराकानी गर्दा यस्तै भन्न थालिसके । विद्यार्थीको गुनासो कसले सुन्ने ? खाजाकै विषयमा कुरा । अर्कातिर विद्यालय व्यवस्थापनको आफ्नै अप्ठ्यारा छन् । थोरै बजेट धेरै विद्यार्थीका लागि पौष्टिक तìवयुक्त खानेकुरा खुवाउनुपर्ने हुँदा विद्यालयले सधैँ मीठो खाजा खुवाउन नसक्ने आफ्नै अप्ठ्यारो छ । व्यवस्थापन भन्छन्, बजेटले नभ्याउने भएपछि धेरैजसो जाउलाले नै भए पनि भोको नै भने राखेका छैनौँ ।
लामो बिदामा विद्यार्थीले के सिक्ने ?
असोज महिनाको सुरुवातसँगै नेपालीका ठूला मेलापर्व दशैँ र तिहारको रमझम सुरु भइसकेको छ । दशैँ, तिहार धार्मिक तथा सांस्कृतिक पर्व हुन् । निष्फीक्रि भएर घरपरिवार तथा साथीसङ्गातीसँग खेल्न पाइने भएकाले बालबालिका यति बेला धेरै नै खुसी हुन्छन् । फुर्सदिलो समय भएकाले बढी उनीहरू स्मार्टफोनमा झुम्मिन रुचाउँछन् ।
युट्युबमा के हेर्ने ? ‘युट्युब किड!’
भाइबहिनीले युट्युबमा भिडियो त पक्कै हेर्नुभएकै होला । हेर्नुभएको छैन भने केही न केही जानकारी त होला । युट्युब एउटा भिडियो स्ट्रिमिङ प्लेटफर्म हो अर्थात् युट्युबले हामीले निर्माण गरेका भिडियोलाई संसारभर पु¥याउन सहयोग गर्ने एउटा माध्यम हो । युट्युबले हाम्रो भिडियो अरू माझ पु¥याइदिएर सहयोग पु¥याए पनि आफँै भने भिडियो बनाउँदैन । दुनियाँका अनेक विषयसँग सम्बन्धित भिडियो संसारको एउटा कुनाबाट अर्को कुनाका व्यक्तिसम्म सहजै पु¥याउन युट्युब अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यम बनेको छ । युट्युब गुगलको सहायक कम्पनी हो ।
काम : चकलेट खाने तलब : एक करोड
‘चकलेट’ सुन्दै मुख रसाउने । हामी भाइबहिनीलाई असाध्यै मन पर्ने । स्वादिलो खानेकुरा कसलाई मन नपर्ला र ? त्यसमाथि हामी बालबालिका चकलेट भनेपछि हुरुक्कै हुन्छौँ । कुनै खुसियाली होस् वा जन्मदिन अहिले चकलेट चाहिन्छ, चाहिन्छ । बजार घुम्न जाँदा होस् वा लामो सफरमा घरबाहिर जाँदा चकलेट नभई बालबालिका फिटिक्कै पाइला चाल्दैनौँ । चकलेट अहिले बालबालिकादेखि वृद्धवृद्धाको दैनिकीमा अभिन्न अङ्ग बनेको छ । त्यसैले भाइबहिनीहरू ! यस पटक चकलेट के हो र कसरी बन्छ भन्ने विषयमा केही जानकारी लिउँ है त ।
भोगटेको अचार
‘ए हेर त मालिकाको घरमा कत्रा भोगटे फलेका’ कहिले खाने हँ । “यो भोगटे त मङ्सिर पुसमा खाने भन्नुभएको छ आमाले,” मालिकाले भनिन् । “अहिले कुन महिना हो मङ्सिर हैन र मालिका ?” राधाले हाँस्दै सोधिन्, ‘ल ल हामीलाई पनि खुवाउ है” स्याब्रुले भन्यो । हुन्छ, बोटभरि लटरम्मै फलेको छ, कसले खानु र ! एकदिन साँधेर खाने है ? हुन्छ, हामी सबैजना जम्मा भएर खाने । कहिले खाने त ? भोगटेको अचार बनाउँदा त दही पनि हाल्नुपर्छ । “म घरबाट दही लिएर आउँछु है” शुभमले भन्यो । “म त सक्खर लिएर आउँछु । अस्ति आमाले ल्याउनुभएको छ ।” चन्दाले भनिन्, “अकबरे खुर्सानी पनि हाल्नुपर्छ है” स्याबु्र उफ्रियो । ए भोगटेको कुरा सुनेर मेरो त मुख नै रसायो । हेर त मुखभरि पानी आएको ? कमानले आँ गरेर मुख बाउँदै भन्यो । सबै जना हल्ल हाँसे । आउँदो शनिबार खाउँ न त है ? राधाले प्रस्ताव राखिन् । सबैले एकै स्वरमा ‘हुन्छ’ भने । भोगटे बोटभरि लटरम्मै फलेको छ, कसले खानु र! एकदिन साँधेर खाने है? हुन्छ, हामी सबै जना जम्मा भएर खाने। कहिले खाने त? भोगटेको अचार बनाउँदा त दही पनि हाल्नुपर्छ।शनिबार सबै मालिकाको घरमा जम्मा भए । शुभमले दही ल्यायो । चन्दाले सक्खरको चाको नै ल्याइछन् । स्याब्रुले अकबरे खुर्सानीको पाँच ढेँडी नै ल्याए । मालिकाकी आमाले चार गट्टा ठूला भोगटे टिपेर ल्याइदिनुभयो । “ल तिमीहरूले साँधरे हामीलाई पनि खुवाउ है,” भन्नुभयो । सबै आँगनमा वरिपरि बसे । हँसियाले भोगटे काट्न थाले । “भोगटेको टोपी कत्ति राम्रो हुन्छ । मिलाएर टोपी निकाल है,” चन्दाले भनिन् । राधाले काट्दै थिइन् । टोपी त बिग्रियो । ल पख है म बनाइदिन्छु, आमाले भन्नुभयो । आमाले एउटा भोगटे मिलाएर काटिदिनुभयो । बीचबीचमा चिरेर केस्रा निकाली दिनुभो । स्याब्रुको टाउकामा भोगटेको टोपी लाइदिनुभो । स्याब्रु दङ्ग प¥यो । कमानले अर्को भोगटे पनि काटेर टोपी निकाले । “अब टोपी लाउने पालो मेरा” भन्दै थिए शुभम । भोगटेको टोपी कमानले आफ्नै टाउकामा लगाए । मेरो लागि पनि बनाइदेउ है भन्दै राधा उठिन् । राधाले स्याब्रुको टाउकाको टोपी खोसेर लगाइन् । बाँकी रहेका भोगटे सबै छोडाए । माउ हात्ती भोगटेको बोटतिर गयो। उसले पनि ठूला ठूला भोगटे टिप्यो। अनि सुँडले नङ्ग्यायो। आमा पनि फेरि आउनुभयो। ‘ए ल यिनीहरु पनि आएछन खान त दिनुपर्यो नि’ आमाले ठूलो बाटा ल्याएर दिनुभयो।बिजुलाले भाँडो भरियो । दही नुन खुर्सानी हालेर मालिका, राधा र चन्दाले मोले । आमाले तेलमा मेथी डढाएर ल्याउनुभयो । रसिलो अचारमा डढेको मेथी र तेल हाल्दा ‘झ्वाँइय’ आवाज आयो । त्यसबाट उठेको मुस्लोले चन्दाको आँखा रातो भयो । आमाले चन्दालाई मुख धुन भन्नुभयो । चिसो पानीले मुख धोएपछि चन्दाले आँखा खोलिन् । मकैको बुङ्गोमा सबैलाई साँधेको भोगटे भाग लगाए । सबैले वरिपरि बसेर खान थाले । कमानले भनै“ धेरै गुलियो भएछ । म त खुर्सानी टोक्छु । “हुन्छ हुन्छ टोक । तिमीले ल्याएको एक ढेँडी बाँकी नै छ ।” शुभमले भन्यो । “धेरै पिरो हुन्छ भनेर नहालेको ।” ‘हा हा कति पिरो’ भन्दै खाए । ‘यस्तो पिरो पनि !’उनीहरू अचार खाँदै थिए । तल खोलामा एउटा डुङ्गा आएर रोकियो । ‘ए हेर त डुङ्गामा को होलान् ?’ सबैले त्यतै हेरे । नभन्दै एउटा डुङ्गामा चारवटा हात्तीहरू आएका, कहाँ जान्छन् होला ती हात्तीहरू ? सबैको ध्यान त्यतै गयो । ती हात्तीहरू डुङ्गाबाट उत्रिए । एउटा माउ र अरू छावा थिए । उनीहरू सरासर मालिकाकै घरतिर पो आए । पासाङ “अब के हुन्छ हँ” भन्दै अत्तालियो । उ लुक्न खोज्यो । सबै जना मुखामुख गर्न थाले । हात्तीका लस्कर सुँड उचाल्दै उनीहरू बसेका ठाउँमा आए । सुुँडले गन्ध सुँघे । माउ हात्ती भोगटेको बोटतिर गयो । उसले पनि ठूला ठूला भोगटे टिप्यो । अनि सुँडले नङ्ग्यायो । आमा पनि फेरि आउनुभयो । “ए ल यिनीहरू पनि आएछन् खान त दिनुप¥यो नि” आमाले ठूलो बाटा ल्याएर दिनुभयो । स्याब्रु चन्दा, मालिका, शुभम, राधा, कमान पनि छावासँग खुव रमाए । उनीहरूसँगै खेल्न थाले । खेल्दाखेल्दै छावाले भोगटे छोडाएका बोक्रा पनि खाए । माउ ढोइले बिजुला बाटामा हालिन् । आमाले त्यसमा पिठो र नुन मिसाइदिनुभयो । छावा र ढोइ सबै मिलेर त्यो भोगटेको अचार पनि खाए । “आहा कति मीठो” ढोइले भन्न थाली । छावाहरू पनि ‘ढ्याउ ढ्याउ’ गरेर डकार्न थाले । उनीहरू छावाहरूसँग खेल्दै छावाको बुइ चढे । छावाहरूले उनीहरूलाई उफार्न थाले । ‘आहा कति मज्जा हइट् हइट्’ उनीहरु निकै रमाए । त्यसदिन उनीहरू सबैका मनमा रातभरि हात्ती र छावाका चित्रहरू सल्बलाई रह्यो ।
कथाको खोजी
मलाई बाल साहित्यमा अत्यन्तै रुचि छ । म लेख्न मन पराउँछु । आफ्ना सिर्जना प्रकाशित गरेर सबैसामु पुगोस् भन्ने पनि चाहन्छु । हालसालै मेरो दोस्रो कृति ‘कथाको खोजी’ प्रकाशित भएको छ । यो बालकथा कृति हो । यस कृतिमा १२ वटा कथा रहेका छन् । मेरो पहिलो कृतिको नाम ‘मेरो दृष्टिमा २१ बालकथा’ थियो । यस कृतिमा मैले २१ जना बालसाहित्य लेखकका कथाहरूको समीक्षा लेखेकी थिएँ । मेरोे भर्खरै प्रकाशित कृतिमा बालबालिकाको कौतुहलता, जिज्ञासा र बालसुलभ भावनाको वरिपरि रहेर तयार गरिएका सुन्दर १२ कथा समावेश छ ।
वीरताको देश मेरो (कविता)
खुला पानाजस्ता पर्वतहरूले सुसज्जित मेरो प्यारो नेपाल कलै कलाको रङ पोतिदिएझैं कलात्मक मेरो भूमि नेपाल ।
जुन र घाम (कविता)
जिन्दगी पानी, जुन र घाम जस्तो दुःखमा अँध्यारो त सुखमा उज्यालो दुइटै एउटै सिक्काको दुई पाटा दुवैमा एउटाको कमी भए लाग्छ जिन्दगी अधुरो ।।
हँसाउने ग्यास के हो ?
स्वस्थ रहन हाँस्नुपर्छ, यसले शरीरमा एक प्रकारको राम्रो ऊर्जा दिन्छ । सधैँभरि हँसमुख रहनु भनेको कुनै कुराप्रति आशावादी र सकारात्मक रहनु पनि हो । डाक्टरका अनुसार हाँस्दा हाम्रो अनुहार तथा जिउका अन्य भागका मांसपेशीहरू सक्रिय हुन्छन् जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले भाइबहिनीहरू ! यस पटक ‘लाफिङ ग्यास’ अर्थात् हँसाउने ग्यास के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।
इन्टरनेट यसरी आउँछ घर–घरमा .........
भाइबहिनीले इन्टरनेट प्रयोग गरेर गेम खेल्ने, युट्युबमा भिडियो हेर्ने, टिकटक अथवा फेसबुक चलाउने गरेको त पक्कै थाहा पाएको हुनुपर्छ । आफँै पनि इन्टरनेट प्रयोग गरेर यस्ता काम गरेको अनुभव पनि होला । कतिपयले मोबाइलमा इन्टरनेट चलाउनुभएका होला अनि कतिपयले ल्यापटप र कम्प्युटरमा । भाइबहिनीले कहिलै सोच्नुभएको छ, हामीले चलाउने यस्तो इन्टरनेट हाम्रो घरसम्म कसरी आइपुग्छ त ? झट्ट हेर्दा घरमा जोडिएको राउटरबाट नै इन्टरनेट आएजस्तो पनि लाग्न सक्छ । राउटरबाट आउने सिग्नललाई मोबाइलमा जोडेपछि इन्टरनेट चल्ने भएकोले पनि राउटर नै इन्टरनेट आउने ठाउँ जस्तो भान हुन सक्छ तर हामीले राउटरबाट पाउने इन्टरनेट सबैभन्दा अन्तिम चरण मात्र हो । त्यसअघि इन्टरनेटले धेरै लामो दूरी पार गरेपछि मात्र हाम्रो घरसम्म आइपुग्छ । यो लेखमा भाइबहिनीलाई इन्टरनेट हाम्रो घरसम्म आइपुग्ने तरिकाबारे जानकारी दिने जमर्को गरेका छौँ ।
बालबालिकाका कुरा
भाइबहिनीहरू, हामी सबैलाई थाहा नै हुनुपर्छ भदौ २९ गते बालबालिकाका लािग महत्वपूर्ण दिन हो । यस दिनमा हामी बालदिवस मनाउँछौँ । यो दिन देशले होस् या बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवाला हुन् सबैले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँछन् । नेपालमा वि. सं २०२१ भदौ ४ देखि राष्ट्रिय बालदिवस मनाउन सुरु गरिएको हो । इतिहासलाई फर्केर हेर्दा पूर्वरानी रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिनको अवसरमा २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठनको स्थापना गरेपछि सोही दिनलाई बालबालिकाको क्षेत्रमा विशेष कार्य मानेर राष्ट्रिय बालदिवस मनाउन सुरु गर्नुभएको थियो ।
विद्यार्थीको झोला कति किलो होला ?
हामी सामान्य अड्कल गरौँ त ? एउटा सानो विद्यालय जाने बच्चाले बोकेको किताबको झोला कति किलोसम्मको वजनको होला ? हामीलाई लाग्ला दुई÷चार किलो तर होइन, अहिले बालबालिकाले बोक्ने झोलाको वजन नौ केजीसम्म भएको पाइएको छ । उमेरअनुसार झोलाको तौल कति हुनुपर्ने भन्ने नेपालका कुनै पनि विद्यालयको मापदण्ड नहुँदा सानै उमेरमा बालबालिका विभिन्न खाले मनोरोगको समस्यासँगै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट समेत पीडित हुने देखिएको छ । यस्तो विषयको सबैतिरबाट विरोध पनि भइरहेको छ । विशेष गरी गाउँघरतिरका दुर्गम भेगका बालबालिका बिहानै गह्रँगो भोला बोकेर लामो बाटो विद्यालय जाने गर्छन् । उनीहरूको अवस्था विद्यालय पुग्दा र घर फर्किंदा ज्यादै नै पीडादायी हुने गर्छ ।
पहेँलीको जन्मदिन
पहेँलीलाई पनि आफ्नो जन्मदिन मनाउन मन लाग्यो । हिजो छिमेकी पेमाको जन्मदिन थियो । अस्ति अनुपको । त्योभन्दा अघिल्लो दिन जुनेलीको । पेमा, अनुप र जुनेलीको जन्मदिनमा आमासँगै पहेँली पनि गएर मीठा–मीठा खानेकुरा खाएकी थिइन् । उनीहरू सबैको जन्मदिनमा केक काटेर मीठो–मीठो खानेकुरा बाँडिएको थियो । पहेँलीले पनि आफ्नो जन्मदिन भव्य गरी मनाउने निधो त गरी तर आमाबाबालाई कसरी भन्ने सङ्कट परिरहेको थियो । अरूको देखासिखी गरेर आफू अगाडि बढ्नु आफैँका लागि हानिकारक हो भन्दै पहेँलीका बाबुआमाले छोरीलाई बारम्बार सम्झाए तर पहेँली मानिनन् । जन्मदिन नजिकिँदै थियो । पेमाले खाना खानै छाडिन् । स्कुल पनि जान छाडिन् अन्ततः केही सीप नलागेपछि छोरीको इच्छा पु-याइदिन पहेँलीका बाबुआमाले घरमा सहरबाट मीठा–मीठा खानेकुरा मगाए । साथमा सेता र काला केक पनि मगाए । पहेँलीको घरमा उनको जन्मदिनको भव्य तयारी भयो । मीठा–मीठा खानेकुरा तयार भए । पहेँलीले झिलिमिली कपडा पहिरिन् ।
सामुदायिकमा पनि यस्तो आकर्षण !
काठमाडौँको साँखुस्थित भगवती सामुदायिक माध्यमिक विद्यालय । सामुदायिक भएर पनि पढाइ र व्यवस्थापनमा अब्बल । काठमाडौँ उपत्यकाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहँदा यस विद्यालयमा भने सङ्ख्या बर्सेनि बढ्दो छ, निजी विद्यालयबाट पनि यहाँ छोडेर आउन थालेका छन । साँखुस्थित यस विद्यालय पुग्ने जो कोहीले पनि भन्ने पहिलो कुरा हो, सरकारी स्कुलको भवन पनि कति राम्रो । बाहिरबाट हेर्दा सुन्दर देखिएको विद्यालयभित्र पुग्दा यहाँ विद्यार्थीको सङ्ख्या राम्रो छ । विद्यालयमा व्यवस्थापन समिति, प्रशासन र शिक्षक–कर्मचारी पनि मिलेर काम गरेको देख्न सकिन्छ ।
सबैभन्दा सानो चरा बी हमिङ्बर्ड
संसारको सबैभन्दा सानो चराको नाम हो बी हमिङ्बर्ड । हमिङ्बर्ड करिब ३०० प्रजातिका रहेका छन् । यो चरा अमेरिकाको जलवायु क्षेत्रमा बसोबास गर्दछन् । यीमध्ये सबैभन्दा सानो प्रजाति नै बी हमिङ्बर्ड हो । यसको साइज जम्मा २.२५ इन्च मात्र हुन्छ भने तौल पनि दुई ग्राम मात्र हुन्छ । अरू प्रजातिका हमिङ्बर्ड चारदेखि पाँच इन्चका हुन्छन् । सबैभन्दा ठूलो हमिङ्बर्डको तौल २० ग्राम हुन्छ । यिनीहरूको आकार रङ फरक–फरक हुन्छ ।
दोहोरो फाइदा
राम र सीता दाजुबहिनी थिए । राम पढाइमा अलि कमजोर र सीता अलि तेज थिइन् । उनीहरू एउटै कक्षामा पढ्थे । उनीहरूको परिवार मध्यम वर्गीय थियो । आमा घरको काम गर्नुहुन्थ्यो, बुवा सामान्य जागिरे । घरमा बस्तुभाउ थिए । आमा असाध्यै मेहनती हुनुहुन्थ्यो । बुवाले पनि घरमा बसेको बेला आमालाई सघाउनु हुन्थ्यो । बारीमा फलफूल, तरकारी हुन्थे । गोठमा गाईबस्तु, खोरमा बाख्रा, कुखुरा आदि । कहिले कुखुरा, कहिले बाख्रा आदि बेचेर र बेलाबेलामा घरमा उब्जेको तरकारी, फलफूल आदि बिक्री गरेर उनीहरूको विद्यालयको शुल्क तिर्ने खर्च जुट्थ्यो । अर्थात् आमाकै मेहनतले उनीहरूको पढाइ खर्च चलेको थियो ।
संवाद बाली र माटो
किसानको खेतमा गहुँ लह लह पाकेका थिए । गहुँ फलेको भूमिले गहुँसँग आफ्ना मनको भाव प्रकट गर्न थाले भूमिले भने, “तिमीहरूलाई अब किसानले बाला भित्र्याउँछन ।” अब किसानले यो भूमिमा धान रोप्छन, त्यो धान म अघि अघिको भन्दा बढी फलाउने मन छ । गहुँहरूले सोधे, “किन भूमि आमा ? हामीभन्दा धानलाई माया ।”
हरियो र साउन
भाइबहिनीहरू, साउन महिना धेरै रमाइलो महिना हो नि तिमीहरूलाई पनि थाहा छ । यो महिनामा जताततै हरियाली देखिन्छ । मौसम पनि रमाइलो हुन्छ । यो महिनालाई भगवान् शिवको उपासन गर्ने महिनाका रूपमा लिइने हुँदा धार्मिक आस्था र विश्वासका रूपमा पनि झन् रमाइलो लाग्ने महिना हो । सबैभन्दा रमाइलो त यो महिनामा हरियो लुगा लगाउने, हरियो शृङ्गार गर्ने पनि गरिन्छ । यसले वरपरको वाताव
म पीपलको बोट ! [बालनिबन्ध]
संसारका अरू असङ्ख्य रुख वृक्षजस्तै म पनि वनस्पतिको आदिम सिङ्गो, सग्लो, स्वरूप हुँ । मलाई सानो आकारको शरीर लिएर उम्रिँदै गर्दा आँकुरा पिपिरा भनेर चिन्थे मानिसले । अलि बढ्दै गएपछि बिरुवा, बुटो, पोथ्रो आदि नाम दिएर सम्बोधन गर्न थाले । हुँदाहुँदै मेरो दिन–प्रतिदिनको बढोत्तरी र हाँगाबिँगाको फैलावट देखेर वृक्षको नाले सम्मान प्रकट गर्न थाले । अरू सामान्य रुख बिरुवाभन्दा बेग्लै प्रकारले हलहली बढ्दै जाने मेरो विशेषता हो । शरीर वृद्धिकै अनुपातमा मेरा फेद, जरा अनि हाँगाबिँगा फैलिने गर्दछन् । तिनै हाँगाहरूलाई ढाकेर मुन्टा, पालुवा पलाउँछन् । पाइतालामा दह्रा जरा र आङमा लहरा पलाएर धरतीको भित्री भागसम्म अँठ्याउँदै मेरो देहवृक्ष ठडिएपछि हावाहुरी, चट्याङ र असिनापानीले पनि हल्लाउन सक्तैन । अनि के चाहियो र ? मेरो तागत देखेपछि मान्छेहरू उसै नतमस्तक बनेर जब्बर वृक्षका रूपमा चिन्दै जान्छन् । फरक धर्तीलाई ओत र पानीको स्रोतसमेतको जगेर्ना गर्ने मेरो महत्ता बुझेर श्रद्धा,आस्था प्रकट गर्न थाल्छन् ।
आमा (कविता)
आमा । तिमी जन्म दिने मलाई आमा । तिमी प्राण दिने मलाई आमा । तिमी बोट, म फूल त्यसको हो दान तिमै्र जति जे छ मेरो ।
रामको जुक्ति (कथा)
एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँ धेरै ठूूलो थियो । त्यो गाउँको नाम नगर थियो । नगरमा दुई परिवार बस्ने गर्थे, राम र धनीलालको परिवार । धनीलालको परिवार धनी थियो भने रामको सामान्य । धनीलाल सम्पन्न परिवारका । उसले प्रायः घरमा धेरैजसो पार्टी, भोजका कार्यक्रम भइराख्थे । र, उनीहरूले कार्यक्रम गरेर चलेको भोजपछि बचेको खाना जहिले पनि रामको घरअगाडि लगेर फ्याँक्थे । धनीलालको परिवारले निरन्तर यस्तै गरिरहने हुँदा रामको परिवार दिक्क भएका थिए । यसरी जहिले पनि आफ्नो घरअगाडि खाना फ्याँकेको देखेर चिन्तित राम र उनकी श्रीमती रीता एकदिन धनीलालसँग कुरा गर्न उसको घरमा गएका थिए ।