भौतिक पूर्वाधारमा द्रुत विकास : रेलपछि सुरुङमार्गमा प्रवेश
जनक्रान्तिको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा हुँदा देशको भौतिक पूर्वाधारमा पनि तीव्र विकास भएको छ । यस अवधिमा देशमा सडक, पुल, रेल, सुरुङमार्गसहित पूर्वाधार निर्माणमा द्रुत प्रगति हासिल भएको हो । गणतन्त्र स्थापनापछि सङ्घ, प्रदेश र स्थानीय सरकारको संयोजनका कारण सडक सञ्जालको विस्तारमा अपेक्षाकृत सफलता हासिल भएको छ । ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नो गाउँबाट एक घण्टा पैदल यात्रामा सडकमार्गसम्म पुग्न सक्ने भएका छन् । २०६४ मा पाँच हजार ४०२ किलोमिटर पक्की सडक रहेको थियो । सडक विभागका अनुसार अहिले सडक विस्तार १६ हजार ६१४ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सडक विभाग अन्तर्गत निर्माण भएका सडकको जम्मा लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ ।
गणतन्त्रपछिको शिक्षा : संरचना र गुणस्तरमा परिवर्तन
गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा थुप्रै नीतिगत परिवर्तन देखिएका छन् । त्यस्ता परिवर्तनबाट शिक्षा क्षेत्र पनि लाभान्वित भएको छ । गणतन्त्रको प्राप्तिसँगै प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा संरचनात्मक तथा गुणात्मक परिवर्तन थपिने क्रम जारी छ । हाल देखिएको परिवर्तनलाई संस्थागत गर्न सकिएमा आउने दिनमा शिक्षा क्षेत्रमा अझै विकासको अपेक्षा गर्न सकिने यस क्षेत्रका जानकारहरूको भनाइ छ । मुलुक गणतन्त्रमा प्रवेश गरेको करिब एक दशकपछि अर्थात् २०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन जारी भएको थियो । प्रत्येक नागरिकले राज्यबाट आधारभूत (कक्षा ८) सम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा पूर्ण निःशुल्क पाउने संवैधानिक हकलाई सुनिश्चित गर्न उक्त ऐनले मद्दत पु¥याएको छ । तर अझै पनि थुप्रै बालबालिका विद्यालयबाहिर रहनु, अपाङ्गता भएका र
आँगनमा खानी र जडीबुटीको भण्डार
कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थका अतिरिक्त उपयोगी जडीबुटीसमेत पाइन्छ । खानी र जडीबुटीको उपयोग नहुँदा माल पाएर पनि चाल नपाए जस्तै गरी युवा रोजगारीको खोजीमा विदेश पलायन हुन थालेका छन् । युवा जनशक्ति पलायन हुँदा गाउँमा वृद्ध, महिला, केटाकेटीबाहेक कोही भेटिँदैनन् । अधिकांश युवा कामको खोजीमा भारत जाने गरे पनि पछिल्लो समय खाडी मुलुक र मलेसिया जानेको सङ्ख्या बढेको छ । मलेसिया गएका सिगास गाउँपालिका–१ का लोकराज भट्ट उतै बेपत्ता भएपछि घरमा वृद्ध आमाबुवा आठ वर्षदेखि छोराको बाटो कुरेर बसिरहनुभएको छ ।
गोरखापत्रमा फोटो पत्रकारिता सन्दर्भको चर्चा
त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग अन्तर्गतको एमफिल–पिएचडीका प्रोफेसर तथा विद्यार्थीले गोरखापत्रमा राखिएको फोटो प्रदर्शनीको अवलोकन तथा छलफल गर्नुभएको छ ।
हिमाल जोगाउन सहकार्यको खाँचो
हिमाल जोगाउन विश्व समुदायको सहकार्यसँगै दीर्घकालीन रणनीतिसाथ अगाडि बढ्नुपर्नेमा नेपालसहित विभिन्न मुलुकका सरकारका प्रतिनिधि तथा विज्ञहरूले जोड दिनुभएको छ । काठमाडौँमा बुधबार सुरु भएको अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रमा उहाँहरूले जलवायु परिवर्तनको असरले हिमालको हिउँ पग्लिने क्रम उच्च बनेकोमा चिन्ता व्यक्त गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथासहित हिमालको हिउँ पग्लिनु नेपालको मात्र चिन्ताको विषय नभएको बताउनुभयो । हिमाल संरक्षणको नेतृत्वदायी भूमिकामा नेपालले कोप–२८ सम्मेलनदेखि नै पहल थालेको र यस सम्मेलनबाट विश्वका हिमाल र समुद्री तथा टापु देश एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हिमालमै हिउँ जोगाउन सकस
नेपाललगायत हिउँ थुप्रिने हिमालमा हिउँ घट्दै जाँदा विश्वका विभिन्न स्थानका समुद्री सतह बढ्दै गएका छन् । विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लने क्रम उच्च बनेसँगै विभिन्न भूगोलका समुद्रको सतह बढ्दै गएको छ । यसले हिमालमा नै हिउँ जोगाउन चुनौती बनेको छ । यसका साथै हिउँ पग्लेर नदी हुँदै गेग्य्रान समुद्रमा पुग्दा समुद्रको बिच बिचमा पहाड बन्न थालेका छन् । स्मिट ओसन इन्स्टिच्युटले यसै वर्ष प्रकाशन गरेको अध्ययनको तथ्य अनुसार समुद्रमुनि चार वटा पहाड फेला परेका छन् । जसमध्ये सबैभन्दा अग्लो पहाड दुई मिटर चार सेन्टिमिटर उचाइको छ । यी नयाँ समुद्री पहाड कोस्टारिकाबाट चीन जाने समुद्री पथमा भेटिएका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको तयारी, हिमाल जोगाउन पहल गरिने
नेपाल सरकारले आयोजना गर्न लागेको हिमाल, मानिस र जलवायु विषयक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रका अध्यक्षसहित २३ देशका ६१ विदेशी विज्ञ तथा पाहुना सहभागी हुनुहुने भएको छ । सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालयले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको तयारीबारे जानकारी दिँदै विदेशी विज्ञहरूले नेपालको वास्तविकतालाई नजिकबाट नियालेर भविष्यमा हुने कोप–२९ तथा अन्य वैश्विक मञ्चमा हिमाल जोगाउन पहल गरिने जानकारी दिएको छ । सो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
समस्याग्रस्त बाघ व्यवस्थापनमा समस्या
चितवनको सौराहानजिकै थुनेर राखेको बाघ आइतबार साँझ मरेको छ । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शनिबारदेखि एक्कासि बिरामी परेको पोथी बाघ आइतबार राति मरेको हो ।
वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर
बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि उपलब्ध गराएको छात्रवृत्ति कोटामा विद्यार्थी छनोटमा देखिएको गोलमालको घटना हालै सार्वजनिक भयो । गरिब, जेहनदार र पढाइमा तीक्ष्ण विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति कोटा वितरणमा मनपरी हुन लागेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले छानेका विद्यार्थीलाई मात्रै छात्रवृत्ति उपलब्ध गराउन नेपालस्थित बङ्गलादेशी दूतावासलाई आग्रह गरेको थियो । यस घटनाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छिमेकी तथा मित्रराष्ट्रहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा अझै पनि पहुँचको भरमा वितरण हुने गरेको उजागर गरेको छ ।
त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
भेरी कोरिडोर अन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४, छरेबगर र जाजरकोटको नलगाड नगरपालिका–१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको बेलिब्रिज सञ्चालनमा आएको छ । त्रिदेशीय व्यापारिक सडक भेरी कोरिडोरको प्रमुख पूर्वाधारका रूपमा रहेको तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएको छ ।
तराईमा लटरम्म स्याउ
कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ ।
जातीय विभेद सामाजिक मनोविज्ञान
नेपाली समाजमा एक जातिले अर्को जातिलाई हेर्ने र बुझ्ने सामाजिक मनोविज्ञान फरक छ । शिक्षित र सचेत मानिसमा पनि जातीयताको छाप उत्तिकै बलियो छ । चेतना र बुझाइका हिसाबले अलिकति तलमाथि होला, तर जातव्यवस्थाको मनोवैज्ञानिक प्रभाव समाजमा उच्चतम छ । सामान्य काम र अवस्थामा पनि यसको प्रयोग भइरहेको हुन्छ । तहगत रूपमै एकअर्कालाई होच्याउने भइरहन्छ । यहाँसम्म कि एउटा अन्तरजातीय वैवाहिक जोडीको बिचमा झैझगडा हुँदा पनि एकले अर्कालाई जातकै आधारमा गालीगलौज गरिरहेका हुन्छन् । जातलाई नै औँला ठड्याइरहेका हुन्छन् । हरेक मानिस नाम सोध्दा थरको गहिराइसम्म पुग्न खोज्छन् । चाहे त्यो गाउँघरमा
तापलहरको छैन मापदण्ड
तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप बढ्दै गएको छ । नेपालमा भने तापलहर अर्थात् लुको मापदण्ड नहुँदा तापक्रमजन्य प्रकोपसँग लड्ने रणनीति बनाउन अप्ठ्यारो परेको छ । विभिन्न मुलुकले लुको राष्ट्रिय मापदण्ड बनाएर अनुकूलन र न्यूनीकरणका लागि रणनीति बनाउने गरेका छन् तर नेपालमा कति तापक्रम कहाँ हुँदा तापलहर वा लु फैलन्छ भन्ने यकिन गर्न मापदण्ड नै छैन ।
कसैलाई छैन उच्च रक्तचाप !
आधुनिक जीवनशैलीसँगै बढ्दो रक्तचाप मानव स्वास्थ्यका लागि चुनौतीपूर्ण बनेको छ तर महोत्तरीको एउटा गाउँका कसैलाई उच्च रक्तचापसमेत नभएको पाइएको छ । भौगोलिक जटिलता र आर्थिक विपन्नता रहेको महोत्तरीकै दुर्गम बस्ती बर्दीबास नगरपालिका–१०, झ्याउरे भाङ्ग्रेमा अनेकन समस्या छन् तर त्यहाँका बासिन्दाको स्वस्थ्य जीवन भने अहिले सबैका लागि उदाहरणीय र चर्चाको विषय बनेको छ ।
सरकारी सेवा एकै स्थानबाट दिने तयारी
सेवाग्राहीलाई सबै सरकारी सेवा एकै स्थानबाट प्रदान गर्ने सरकारको तयारी छ । सेवाग्राहीले एकै प्रकृतिका कामका लागि सङ्घ र प्रदेश सरकारको कार्यालयमा पुगेर सेवाप्रदायकबाट खेप्नु परेको हैरानीको अन्त्य गर्न लागिएको हो । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सेवाग्राहीले सेवा लिन विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न र सरकारी सेवा एकै स्थानबाट प्रदान गर्न नागरिक सेवा केन्द्र सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने सरकारले नीति बनाएको छ ।
उद्योग अगाडि खुम्चियो राजमार्ग
बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ ।
बालक आर्यनको प्रतिभा, हवाईजहाज नदेखी उडाए नमुना जहाज
इन्टरनेट र मोबाइलको प्रयोगले बालबालिकालाई नराम्रो लत मात्र लगाएको छैन, ती स्रोतसाधनलाई सही उपयोग गर्ने हो भने सानै उमेरमा धेरै कुरा सिक्ने र गर्ने माध्यम पनि बनेको छ । यस्तै उदाहरण हुनुहुन्छ कैलालीका आर्यन विश्वकर्मा । आर्यनले हालसम्म वास्तविक हवाईजहाज नजिकबाट देख्नुभएको छैन तर उहाँले इन्टरनेटको खोजीबाटै बनाएको जहाजले आकाशमा कावा खाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९, प्रतापपुरका आर्यनले १४ वर्षकै उमेरमा हवाईजहाज बनाई आकाशमा उडाएर सबैलार्ई दङ्ग पार्नुभएको मात्र छैन प्रशंसाको पात्रसमेत बन्नुभएको छ ।
२०८४ को निर्वाचनलाई उपयोग गरेर जाने होः विप्लव
विद्रोह गर्छाैं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे । अहिलेको व्यवस्थाले हुँदैन, चुनावले कुनै निकास दिँदैन, यो संविधान सभाबाट राम्रो संविधान बन्दैन भन्दै विप्लव नेतृत्वको समूह लागिरह्यो ।
वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने
सर्वोच्च अदालतले इन्टरनेट सेवाप्रदायकबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम असुल गर्ने कानुनी बाटो खोलिदिएको छ । कानुनविपरीत मर्मतसम्भारको रकममा पनि कर लगाउने निर्णय भएको भन्दै वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले राजस्व रकम असुल गर्ने विकल्प खुला गरिदिएको हो । सर्वोच्चको यो नजिर अन्य सेवाप्रदायकको हकमा पनि लागु हुने छ ।
पुँजीगत खर्चै हुन्न, चालुमा सुको बच्दैन
बाहिरी चक्रपथ विकास आयोजना शीर्षकमा चार आर्थिक वर्षदेखि विनियोजित पुँजीगत खर्च एक रुपियाँ पनि हुन सकेको छैन । तर सोही आयोजनाका लागि ती आर्थिक वर्षमा विनियोजित चालु खर्च भने एक सुका पनि बचत हुँदैन । आर्थिक वर्षको अन्त्यसम्म चालु खर्चको विनियोजित रकम सबै सकिन्छ । हाल सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण मातहत रहेको यस आयोजना दुई दशकदेखि चर्चामा रहे पनि यसको काम अगाडि बढ्न सकेको छैन ।
चुलोको धुवाँ सिधै फोक्सोमा
सुदूरपश्चिममा बोलिने चर्चित उक्तिका केही शब्द छन्, ‘गोठ पाँण, थिति–मति होइजाऔँ !’ गोठमा पशु राम्रो होस् र घरभित्र बस्ने परिवार सुखी होस् । यस्तै अर्को पनि उक्ति छ, ‘गोठको किलो र पाँणको सिलो हल्लिनु हुँदैन’ घरपरिवार निरोगी होऊन्, दैव नलागोस् । यद्यपि यहाँका ९५ प्रतिशत घरका भान्सामा सुधारिएको चुलो नहुँदा धुवाँ सिधै फोक्सोमा जाने गरेको अध्ययनले देखाएको छ ।
सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली
भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् । सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माका नाम खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् ।
बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।
बालमन्दिरको २८ रोपनी जग्गा दुरुपयोग, २० जनाविरुद्ध पक्राउ पुर्जी
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबिचको मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो ।