र्याम्पमा देखिए कलाकार
अभिनेतृ स्वस्तिमा खड्का, प्रियङ्का कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रतियोगितालगायतका मोडल तथा कलाकार एउटै र्याम्पमा प्रस्तुत भएका छन् ।
‘जनै हराएको बाहुन’ मा सुशाङ्क
चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता सुशाङ्क मैनाली पनि जोडिनुभएको छ । अभिनेता मैनाली चलचित्रमा पनि मुख्य भूमिकामा देखिने हुनुभएको हो । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेक अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा बताउँछ ।
फेसन, संस्कृति र नवाचारको उत्सव (फोटो फिचर)
नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएसन फेसन शो– अनुकल्पित प्रभानम् एक अविस्मरणीय साँझका रूपमा सम्पन्न भएको छ ।
मयूरनाच संरक्षणमा किशोरकिशोरी
सल्यानमा धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका अवसरमा प्रस्तुत गरिने सरिङ्गेनाच अर्थात् मयूरनाचको संरक्षणमा पछिल्लो पुस्ताको चासो बढ्न थालेको छ । मयूरको प्वाँख पछाडि राखेर नाचिने यो नाच आकर्षक नाचका रूपमा परिचित छ । यद्यपि पछिल्लो समय मौलिक तथा
प्रदर्शनमा ‘डोरी’
चलचित्र ‘डोरी’ शुव्रmबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । देशभर १२० सोसहित प्रदर्शनमा आएको यो चलचित्र काठमाडौँ उपत्यकामा भएका आन्दोलनका कारण प्रभावित बन्न पुगेको छ ।
चलचित्र प्रचारका लागि एन्जिला नेपालमा
प्रदर्शनरत सफल चलचित्र ‘अञ्जिला’ की प्रमुख पात्र तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार काठमाडौँ आउनुभएको छ । आफ्नै जीवनमा आधारित चलचित्रको प्रचारका लागि उहाँ ग्रिसबाट नेपाल आउनुभएको हो ।
‘मोहर’ को मिति घोषणा
चलचित्र ‘मोहर’ को प्रदर्शन मिति तय गरिएको छ । पल शाह, बेनिशा हमाल र नीति शाहको शीर्ष भूमिका रहेको चलचित्र आगामी साउन २३ गते प्रदर्शन गरिने निर्देशक ओम प्रतीकले जानकारी दिनुभभयो ।
अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहनुभएको छ ।
अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आउनुभएको छ ।
चलचित्र चलाउन प्रचार
चैत १५ गते देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोरी’ ले प्रचारप्रसारका लागि नयाँ नयाँ तरिका निकालेको छ ।
पाँचौँ हप्तामा ‘लाज शरणम्’
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ ।
‘अभिमन्यु’ का लागि कलाकार छनोट
चलचित्र ‘अभिमन्यु’ का लागि कलाकार छनोट सुरु भएको छ । निर्माण पक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गरेको छ । चलचित्रमा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध हुनुभएको निर्माण पक्षले जानकारी दिएको छ ।
सिरिजमार्फत अरुणिमाको पुनरागमन
अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ ।
‘महाभोज’ को गीत रेकर्ड
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोजका लागि नयाँ गीत रेकर्ड गर्नुभएको छ ।
निफमा ‘शाम्भाला’ लाई उत्कृष्ट अवार्ड
आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्भाला’ ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ ।
कूटनीतिज्ञको कथा ‘दी डिप्लोम्याट’
सत्यको बाटो कठिन छ तर कोही यो बाटो अपनाएर हिँड्छ भने त्यो सत्य नै उसको साहस बन्छ ।
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो ।
चलचित्र छान्न सकस
कुनै बेला खडेरी, कुनै बेला पानीको भेल । यतिबेला यो कथन ठ्याक्कै नेपाली चलचित्र क्षेत्रसँग मेल खान पुगेको छ ।
नाटक महोत्सव सुरु
मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । बेलबारी नगरपालिका–१ को तमु बुद्धिस्ट गुम्बामा आइतबार सुरु भएको महोत्सवमा नेपाल, भारत र जापानका कलाकारको सहभागिता रहेको छ ।
नागेन्द्र र रचनाको ‘यती माया गरौंकी तिमीलाई’ सार्वजनिक
गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरौंकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो
केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ ।
काठमाडौँमा पहिलो पटक रुसी चलचित्र प्रदर्शनी
रुसी चलचित्र दिवसका अवसरमा पहिलो पटक रुसी चलचित्रको प्रदर्शनी सम्पन्न भएको छ । उक्त दिवसमा शनिबार काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी गरिएको हो ।
‘चलचित्रको खुड्किला रङ्गमञ्च’
‘विश्वभरका कथाको उत्सव’ आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जारी छलफललाई ‘रङ्गमञ्च कि रङ्गिनपर्दा’ मा उहाँले रङ्गमञ्च र महोत्सवमा दर्शक कमी भएकाले यो कसका लागि गरिएको हो भन्ने भान हुन थालको बताउनुभयो।
‘असल बुहारी’ सार्वजनिक
वरिष्ठ हाँस्यकलाकार दमन रुपाखेतीको निर्देशनमा बनेको छोटो फिल्म असल बुहारी युटुबमा सार्वजनिक भएको छ । पछिल्लो समय जदौं नामक सिरियलको निर्देशन गर्दै आएका रुपाखेतीले आफ्नै च्यालन दमन रुपाखेतीबाट असल बुहारी सार्वजनिक गरेका हुन् ।