नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद
विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गर्नुभएको छ । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका कारण चलचित्र हलबाट उतार्नु परेको बताउनुभयो । चलचित्र यही फागुन २५ गतेदेखि प्रदर्शनीमा आएको थियो । हल मालिकले देशभक्तिपूर्ण चलचित्रलाई पायक ‘सो’ नदिएको आरोप लगाउँदै आइतबारदेखि हलमा चलचित्र नचलाउने खड्काले बताउनुभयो । गत वैशाख ११ गते सेन्सर पास गरेको र एक वर्षअघि नै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको स्मरण गराउँदै चलचित्र प्रदर्शनको समयमा असफल बनाउन चौतर्फी देशी/विदेशी खुफिया र तिनका मतियार खलबलाएको उहाँले दाबी गर्नुभयो ।
अन्धविश्वासको चित्र ‘बोक्सीको घर’
चलचित्र ‘बोक्सीको घर’ को ट्रिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रिजरमा समाजमा बोक्सी भनेर लगाइने आरोप, त्यसकै आधारमा महिलामाथि हुने अन्याय र त्यसको परिणाम देखाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई ट्रिजरले उजागर गरेको छ ।
सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक
नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ।
मानसराजको ‘माया माया हो’ सार्वजनिक
गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ।
तुम्बापोको ‘अञ्जिला’
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । शुव्रmबार एक कार्यक्रमबिच निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिटै नै चलचित्रको उपयुक्त प्रदर्शन मिति तय गर्ने बताउनुभयो ।
जापानी चलचित्र महोत्सव सुरु
जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा जापानिज चलचित्र महोत्सव शनिबारबाट पोखरामा सुरु हुँदै छ । महोत्सव अन्तर्गत शनिबार र आइतबार पोखरामा अङ्ग्रेजी सबटाइटलसहित जापानी चलचित्र प्रदर्शन
सात महिला चलचित्रकर्मी सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘महाजात्रा’ टोली पोखरामा
नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले फिल्मको लागत उठाइसकेको दाबी गर्नुभयो । अब प्रदर्शनका क्रममा हुने आम्दानीले अर्को चलचित्र बनाउने बानियाँले उल्लेख गुर्नभयो ।
धारा ३७० को कथा
भारत र पाकिस्तानबिच बेला बेला जम्मु–काश्मीरको विवाद चर्किने गरेको छ । यसका पछाडि राजनीतिकको अनेकौँ कारण हुन सक्छन् । जम्मु–काश्मीरको मुद्दाका विषयलाई केही हदसम्म जानकारी दिने कोसिस चलचित्र ‘आर्टिकल ३७०’ मा गरिएको छ । यो चलचित्रमा भारतमा लगाइएको धारा ३७० खारेज गर्ने कथा देखाइएको छ । भारतीय संविधानको धारा ३७० सँग सम्बन्धित कथालाई चलचित्रमा देखाइएको छ । बिनाकुनै लडाइँ लडेर काश्मीरबाट धारा ३७० हटाउनका लागि के कस्तो सङ्घर्ष गर्नु परेको थियो भन्ने कुरा चलचित्रमा कथानक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ