विश्वभर एकसाथ प्रदर्शन हुँदै ‘महाजात्रा’
चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । ‘महाजात्रा’ षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो । नेपाल र भारतबाहेकका प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, जापान, न्युजिल्यान्डमा र अस्ट्रेलियामा पनि चलचित्र एकसाथ प्रदर्शन गर्ने तयारी गरेको छ । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रियाले हामीलाई शृङ्खलालाई निरन्तर दिन हौसाएको हो ।”
जोशी ग्लोबल एम्बेसडर
मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियङ्कारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बेसडर घोषित हुनुभएको छ । मिस वल्र्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत उहाँले ‘बाघ बचाऔँ’ भन्ने अभियान चलाउनुपर्ने छ । भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा जोशीसहित मिस वल्र्डका सुन्दरीलाई ‘सेभ दी टाइगर’ को सद्भावना दूतका रूपमा घोषणा गरिएको हो। मिस वल्र्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने कार्य महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्यपालनमन्त्री सुधीर मुनगङ्टिवारले गर्नुभएको हो ।
न्यान्सी ‘१२ गाउँ’ की नायिका
मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी चलचित्र ‘१२ गाउँ’ को प्रमुख पात्रमा अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबिच लिखित सम्झौता भएको छ । यो चलचित्रबाट भट्टका छोरा समीरले पनि अभिनयमा पदार्पण गर्दै हुनुहुन्छ ।
‘अगस्त्य’को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर दुई सयभन्दा बढी शो
शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ ।
‘मोदीबेनी’ मा अमर र वर्षा
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भएको चलचित्र ‘मोदीबेनी’ मा अभिनेतृ वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठ शीर्ष भूमिकामा देखिनुहुने भएको छ । शङ्कर कोइरालाको निर्देशन रहने यस चलचित्रमा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको पनि अभिनय रहने छ।
अभिनव म्यानहन्ट इन्टरनेसनल नेपाल
पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको छ । राजधानीको ठमेलस्थित क्लब टेनएक्समा भएको प्रतियोगितामा अभिनव थापा अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुम्न सफल हुनुभयो । म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ बनेपछि उहाँले आगामी मे महिनामा थाइल्यान्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नुभएको छ । अभिनवले खल्ती मिस्टर पपुलर तथा एम्पायर मिस्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाउन सफल हुनुभएको थियो ।
आशा जगाउने ‘गोर्खा वारियर’
नेपाललाई गोर्खालीको देश भनेर पनि चिनिन्छ तर यस विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा खासै चलचित्र बनेका छैनन् । त्यसैले भूतपूर्व गोर्खा सैनिक तथा निर्देशक मिलन चाम्सले लामो समयदेखि थाती राख्नुभएको ‘गोर्खा वारियर’ को कथालाई चलचित्रको पर्दामा उतार्नुभएको छ ।
अमेरिकामा नेपाली हास्य कलाकारको प्रस्तुति
‘अब हाँस्छ अमेरिका’ कार्यक्रममा नेपालका नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिएका छन् । फ्लाई नेपाको आयोजनामा तथा विनोद अधिकारीको संयोजनमा भएको कार्यक्रममा हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णुप्रसाद गौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले अमेरिकाका १४ सहरमा आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई हँसाउनुभयो ।
‘अब हाँस्छ अमेरिका’ सम्पन्न
‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपाको आयोजनामा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् ।