नालापानी’को मोसन पोस्टर रिलिज
चलचित्र ‘नालापानी’को मोसन पोस्टर रिलिज भएको छ । वीर योद्धा कुँवर र उनका छ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त रूपमा चलचित्रमा देखाइएको निर्देशक रिमेश अधिकारीले बताउनुभयो ।
अभिनेत्री नीता ढुंगानाको 'मेहन्दी'
काठमाडौं, असार २२ गते । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले यही असार २४ गते बिहे गर्ने घाेषाणा गर्नुभएकाे छ । नीताले बिहेअघि गरिएको मेहन्दी समारोहका केही तस्बिर आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै लेख्नुभएकाे छ, 'अन्तत : मेहेन्दी लगाइयो।’ ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेको बताइएको छ ।सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता खुशी र आकर्षक देखिएकी छन् । उहाँको मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकारहरुको सहभागिता रहेको थियो ।
आलिया भट्टको ‘डार्लिङ्स’
काठमाडौं, असार २२ गते । आलिया भट्टको निर्माणमा बनेको फिल्म ‘डार्लिङ्स’ को टिजर सार्वजनिक भएको छ । नेटफ्लिक्सको प्रस्तुति रहेको यस फिल्मलाई आलियाले शाहरुख खानको कम्पनि रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर तयार गर्नुभएको हो । डार्क कमेडी फिल्म ‘डार्लिङ्स’ मा आलियासहित शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ । फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गरेको देख्न सकिन्छ । आलियाको मुख्य भूमिका रहेको फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुने भएको छ ।
शिखर सन्तोषको सङ्गीतमा पवनदीप र अरुनिता
काठमाडौं, असार २२ गते । लोकप्रिय तथा वरिष्ठ संगीतकार शिखर सन्तोषको सङ्गीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिनुभएको छ । उहाँले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाउनुभएको हो । गीतको सङ्गीत संयोजन उदयराज पौडेलले गर्नुभएको छ । गीत हालै मुम्बईमा रेकर्ड गरिएको संगीतकार सन्तोषले जानकारी दिनुभयो । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल भने अहिले गोप्य राखिएको छ । नेपाली बजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाउनुभएको हो । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा सङ्गीतकार सन्तोषको रहेको छ भने गीतको रचनाकार एस पी सापकोटा हुनुहुन्छ ।
चलचित्र समीक्षा: एउटा वैज्ञानिकको कथा ‘रकेट्री’
चलचित्र ‘रकेट्री–द नम्बी इफेक्ट’ वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित चलचित्र हो । चलचित्र प्रदर्शनको अघिदेखि नै चर्चामा थियो । जब तपाईंले नम्बीको कथा चलचित्रमा हेर्नुहुन्छ, त्यसपछि तपाईं उनले गरेका कामहरूबाट धेरै प्रभावित हुनुहुन्छ ।
मनोरञ्जन क्षेत्रका श्रमिकको अधिकार संरक्षण गर्न प्रधानमन्त्रीसँग आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास नेपाल संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको छ । मङ्गलबार मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रका श्रमिकहरुको अधिकारको संरक्षणका लागि नीतिगत व्यवस्था गर्न माग गर्दै संस्थाले १४ बुँदे घोषणा पत्र हस्तान्तरण गरेको हो ।
भोजभतेरमा नेवारी पहिरन हाकुपटासी
भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।
‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल
तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथामा बनेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’को सिक्वेल निर्माण हुने भएको हो । पुरानै कलाकारहरू लिएर चलचित्र निर्माण गर्ने निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशाङ्क मैनाली, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा थिए । ‘टलकजङ्ग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेख्नुभएको थियो ।
मिस इण्डिया-२०२२ को उपाधि सिनी सेट्टीलाई
काठमाडौं, असार २० गते । कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया-२०२२ को उपाधि जित्नुभएको छ । उहाँसँगै राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित हुनुभएको हो।प्रतियोगीताको अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताउनुभयो ।मुम्बईमा जन्मेका २१ वर्षीय शेट्टीले लेखा र वित्तमा स्नातक गर्नुभएको छ । उहाँ एक प्रशिक्षित भरतनाट्यम नर्तक पनि हुनुहुन्छ । मनिष पौलले होस्ट गर्नुभएकाे फिनालेमा बलिउड कलाकार समेत सहभागी थिए ।
टेलिचलचित्र खहरेघाटको प्रसारण सुरु
नेपाली सामाजिक कथावस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शनिबारबाट सुरु भएको छ । रङ्गकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देश भक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोष थापा, साक्षीसिंह भण्डारी, सुमन विष्ट, रिता थापा, शशी थापा, दिनेश खड्कालगायतको अभिनय रहेको छ । टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गर्न‘भएको छ ।
सगरमाथा क्षेत्रमा फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।
चलचित्र विकास बोर्डको नेतृत्वका लागि दस जनाको आवेदन
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभएको छ ।
‘सम्झना बिर्सना’को ट्रेलर
चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ । निमेष प्रधान निर्देशित चलचित्रमा प्रेम विछोड र कमेडीकोे सम्मिश्रण देखाइएको छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको चलचित्रलाई शिव ढकालले खिच्नुभएको हो भने सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको छ । चलचित्रको गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै सङ्गीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सुनील थापा, छुल्ठिम गुरुङ शिशिर राणालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र असार ३१ देखि प्रदर्शनमा हुँदै छ ।
जगदीश घिमिरेको नाटक 'साबिती' मञ्चन
काठमाडौं, असार १८ गते । थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा 'साबिती' मा आधारित भएर नाटक मञ्चन गरेको छ । विमल सुवेदीको परिकल्पना र निर्देशन, जेनी सुनुवारको सहायक निर्देशनमा नाटक मञ्चन भएको हो । नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार हुनुहुन्छ जो नेपाली रङ्गमञ्चकी एक प्रत्यक्ष सारथी हुन् । 'साबिती’ नाटक थिएटर भिलेजले यसअघि २०७० सालमा 'सत्यमोहन जोशी नाटकघर' उद्घाटन गर्दा पहिलो पटक मञ्चन गरेको थियो । तर, प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको सहकार्यमा साउथ 'एसियन युनिभर्सिटीमा' मञ्चन भएको थियो ।त्यही वर्ष भारतकै जम्बुमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो । हिन्दी भाषामा रुपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समय अनुकूल हुने गरी पुनः रुपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रुपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गर्नुभएकाे हाे ।धेरै पहिले लेखिएको भए पनि 'साबिती' कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरुप देखाउने निर्देशक विमल सुवेदी बताउनुहुन्छ । उहाँका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठूलो धोको थियो । तर, पहिलो प्रस्तुति रोकिएपछि पुनः प्रस्तुति हुनुअघि घिमिरेको निधन भयो । 'नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्यअनुरुप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने सङ्कल्प गरेका थियौँ,' उहाँ भन्नुहुन्छ।अभिनयका लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिजुअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार भन्नुहुन्छ, 'यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरुप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनीतिक विसङ्गति अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारीकरणलाई उदाङ्गो पारेको छ ।' थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक 'पल्पसा क्याफे' पनि मञ्चन गरेको थियो ।
चलचित्र 'प्रसाद २' बन्ने
काठमाडौं, असार १८ गते । नेपाली चलचित्र 'प्रसाद २' निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने चलचित्रकाे निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ। चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवास थापाले निर्माण गर्न लाग्नुभएको हो । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनुभयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिबद्धता जनाउनुभयो । सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागे पनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले 'प्रसाद २' झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनुभयो । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणि नेपाल, प्रकाश घिमिरे, रश्मि पाण्डे, गीता अधिकारीलगायतको अभिनय रहनेछ ।
मनसुन फेसनमा बुट्टेदार स्कर्ट
हावाको वेग सरी फेसन पनि परिवर्तन भइरहेको हुन्छ । कहिले कुन फेसन आउँछ त कहिले कुन । अहिले युवतीमाझ बुट्टेदार स्कर्ट फेसनमा आएको छ । लामो स्कर्ट, चेक प्रिन्ट, बेल्ट र फूलबुट्टा डिजाइनमा निकै रुचाइएको व्यापारीहरूको भनाइ छ ।
भोजपुरी चलचित्र ‘रण’ प्रदर्शनमा
सिनेमा घरहरूमा भोजपुरी चलचित्र ‘रण’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।निर्देशक चन्द्र पन्तको निर्देशनमा रहेको भोजपुरी चलचित्रले तीन दर्जनभन्दा बढी हलबाट नेपालमा प्रदर्शनको सुरुवात गरेको हो । चलचित्रमा अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सीपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रलगायतको अभिनय छ ।
‘ऐना झ्यालको पुतली’ भदौमा
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । लेखक-निर्देशकका रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो ।
‘हाम्रो पनि मन हुन्छ’ भिडियो सार्वजनिक
दृष्टिबिहीनले भोग्नु परेका सुख दुःखलाई समेटेर बनेको ‘हाम्रो पनि मन हुन्छ’ बोलको भिडियो सार्वजनिक भएको छ ।
नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु
नेपालको मोलिक लोक, सङ्गीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने भएको छ ।
तामाङ चलचित्र सङ्घमा नयाँ कार्यसमिति
तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको पहिलो अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ । कार्यसमितिको अध्यक्ष आशमान वाइबा, वरिष्ठ उपाध्यक्ष ध्रुव सिंह तामाङ, उपाध्यक्ष अनिता नेगी तामाङ, उपाध्यक्ष राजकुमार मोक्तान, महासचिव दावा फिन्जो तामाङ, सचिव करण तामाङ, सहसचिव हिरोज लोप्चन तामाङ, कोषाध्यक्ष सुस्मिता घलान, सह कोषाध्यक्ष राखिन्द्रकुमार तामाङ चयन हुनुभएको हो ।
गायिका जोशीको ‘पछ्यौरी’ सार्वजनिक
गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक भएको छ । उहाँको ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको हो । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान देखिनुभएको छ । गीतमा उहाँकै स्वर, शब्द र सङ्गीत रहेको छ भने भिडियोको निर्देशक प्रवीण सिंहले गर्नुभएको हो । गीतको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन र हरि हुमागाईंको रहेको छ ।
खोइ उम्दा चलचित्र ? बनेन दर्शकको रुचिअनुसार नेपाली चलचित्र
अहिले नेपाली चलचित्रप्रति धेरैको लगाव बढेको छ । प्रायः दर्शक रोजी रोजी चलचित्र हेर्न रुचाउँछन् । जोरपाटी बस्ने अक्कल शर्मा चलचित्र हेर्न धेरै नै सौखिन छन् । चलचित्रमा समसामयिकता समेटिएका हुन्छन्, जुन धेरै राम्रो पक्ष हो तर नेपाली चलचित्रहरू राम्रो बने पनि कथामा भने खासै परिवर्तन नदेखिएको उहाँ दाबी गर्नुहुन्छ । चलचित्रहरूको कतिपय कथावस्तु राम्रो भए पनि त्यसको प्रस्तुति भने खासै राम्रो हुँदैन । चलचित्रको ट्रेलर हेर्दा वाह ! लागे पनि हलसम्म पुगेर पूरा चलचित्र हेर्दा त्यो झुर नै लाग्छ । नेपाली चलचित्रको प्रभाव बितेको एक दशकमा बढे पनि दर्शकमा नाक खुम्च्याउने बानी अझै हटेको छैन ।
६२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान
काठमाडौं, असार १६ गते । नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गर्नुभएको हो ।आर्थिक वर्ष २०७३/७४ को कार्यविधिअनुसार फारम भरेका चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो । विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा कलाकार उत्तम केसी, सुन्दरलाल श्रेष्ठ, शिवहरी नेपाल “वैरागी”, भुवन केसी, सन्तोष पन्त, किरण कुमार केसी, सुशील पोखरेल, राज कुमार पोखरेल, विजय देउजा, सपना श्रेष्ठ, प्रदिपलाल श्रेष्ठ, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली, मनोजकुमार केसी, नारायण प्रधानलगायत अन्य हुनुहुन्छ ।कार्यक्रममा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बनिरहेका स्टुडियोलाई सञ्चालन गर्न प्राथमिकता दिँदै अगाडि बढ्ने र आगामी दिनमा पनि विशिष्ट श्रेणीको परिचय पत्र वितरण गर्ने बताउनुभयो । कार्यक्रममा परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमासमेत गरिएको छ ।विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीः– चैत्यदेवी सिंह– मोहनलाल सराफ– गौरीशंकर धुजु श्रेष्ठ– नरेन्द्रबहादुर खड्का क्षेत्री– अर्जुनजंग शाही– रविप्रसाद गिरी (रविन गिरी)– सानुकुमार ताम्राकार– ऋद्धिचरण श्रेष्ठ– राजाराम पौडेल– सन्तोष पन्त– मन्दिल श्रेष्ठ– उज्जवलप्रसाद घिमिरे ।– पवनप्रसाद मैनाली– भुवन के.सी.– सुन्दरलाल श्रेष्ठ- शिव ढकाल- विरेन्द्र नारायण श्रेष्ठ- किरण कुमार के.सी.- जुजुभाइ महर्जन (जय श्रेष्ठ)- गणेशप्रसाद उपाध्याय खनाल - मदन घिमिरे- प्रकाश चन्द्र सुबेदी- नानीबाबु महर्जन- उत्तम केसी- अर्जुन श्रेष्ठ- गोपालकाजी कायस्थ- राजेन्द्र शर्मा शलभ- दिनेशराज दहाल (डि.सी.)- धिरन शाक्य (धिरेन शाक्य)- रुद्रप्रसाद पन्त (आर.पी. पन्त) निर्माता कलाकार- हिमाल बहादुर के.सी.- सुशील पोखरेल- डा. भोला प्रसाद रिजाल- दयाराम दाहाल- बनिष विक्रम शाह- नरेन्द्र महर्जन- माधव प्रसाद थपलिया-लक्ष्मणविक्रम बस्नेत- कुल बहादुर महत (जेठा दाई) - उद्धवराज भट्टराई- कमल कान्त सेढाई ।- ज्योती लाल राना - मनोज कुमार आचार्य- मुकुन्द किशोर भट्टराई- किशोर कुमार ढकाल- नारायण प्रधान- उत्तम द्वा- शिवहरी नेपाल “वैरागी“- चिरञ्जीवी बस्नेत- दीर्घ वीर गुरुङ- लव वैष्णव (शर्मा)- मनोजकुमार के.सी.- केशव प्रसाद पण्डित “शुरवीर“ .- रिता राना (रितु)- सपना श्रेष्ठ- प्रदिपलाल श्रेष्ठ- रामकाजी घिमिरे- विकास राज आचार्य- विजय देउजा- ज्ञानेन्द्र बहादुर देउजा- मदनमान पति बज्राचार्य- राजकुमार पोखरेल