‘बढ्दै छ’ मा मिस पबी
गायिका अञ्जु पन्त र गायक प्रवीण बेडवालको स्वरमा रहेको ‘बढ्दै छ’ बोलको को गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ ।
‘सतीदेवी’ प्रति सञ्चारमन्त्रीको चासो
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । मन्त्री शर्मा र चलचित्रका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबिच भएको भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ थियो । उहाँले चलचित्र नारीप्रधान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताउनुभयो ।
निशु भइन् मिसेस नेपाल आइडल २०२४
सन् २०२४ को मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिनु भएको छ । ताजसँगै काफ्लेले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त गर्नुभएको छ ।
‘गंगाजीका शिला अयोध्यामा’ भजन सार्वजनिक
म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । आधुनिक समयमा पनि भजनको महत्त्व र पवित्र तीर्थस्थल कालिगण्डकीको शीलाको महत्त्व दर्साउन महत्त्वपूर्ण हुने हेतुले गंगाजीका शिला सार्वजनिक गरिएको गायक कलाकार जिसीले बताउनुभयो ।
चर्चामा ‘झोडा’
तराईलाई औलोले त्यतिबेला गाँजेको थियो । जङ्गलै जङ्गलले ढाकिएको तराईमा वन्यजन्तुको बिगबिगी नै थियो । चुरेका फेदी र तराईतिर पुस्तौँदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिले मात्रै तराईमा सब खालका त्राही पचाएका थिए । २००७ सालको क्रान्तिले जहानिया राणा शासनको अन्त्य भयो । तथापि परिवर्तनले मुलुकमा राजनीतिक स्थिरता दिन सकेन । जननिर्वाचित सरकारलाई राजा महेन्द्रले २०१७ सालमा अपदस्थ गरिदिए । २००७ सालको क्रान्तिमा होमिएका भूपू सैनिक राजनीतिक रूपमा तितरबितर बन्न पुगे । भूमिसुधार ऐन, २०२१ लागु भएसँगै सुदूरपूर्वमा लिम्बूहरूको राजनीतिक स्वामित्वको भूमि अधिकार किपट खारेजीमा प¥यो । पञ्चायतविरुद्ध भूपू सैनिक नलागून् र किपट खारेजीविरुद्ध जनमत नभड्कियोस् भनेर त
नेपालमा हिपहपको आकर्षण बढ्दै
पाश्चात्य नृत्यको एक विधा हिपहपले नेपाली युवा पुस्तालाई आकर्षित गरिरहेको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न हिपहप मेलामा युवा पुस्ताको सहभागिताले पनि यो नृत्य अब नेपालमा अझ मौलाउने सङ्केत गरेको छ । हिपहप संस्कृतिलाई सामाजिक परिवर्तन र अभिव्यक्तिको साध्यका रूपमा मनाउँदै काठमाडौँमा हिपहप मेलाको आयोजना गरिएको हो ।
गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मेनुकाको आवाजमा ‘छुनै हुन्न जस्तो’
गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत दिनुभएको छ । गीतले युवकयुवतीको प्रेम भाव दर्शाउँछ । गीतको भिडियोमा प्रभातपल ठकुरी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले खिच्नुभएको गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ ।
कर्णालीबाट प्रादेशिक प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना सुरु गरेको छ । प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार गर्नुभएको छ ।