रवि लामिछानेद्वारा स्पष्टीकरणको जवाफ पेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्नुभएको छ । निर्वाचन कार्यालयलाई उहाँले दिनुभएको स्पष्टीकरणको जवाफमा उहाँले सो दाबी गर्नुभएको हो ।
चितवनमा मतगणना सुरु
चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो।बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।
बारा–२ मा मतगणना सुरु
बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
रास्वपा वाग्लेको अग्रता कायमै, मतान्तर घटाउँदै भट्टराई
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम भए पनि मन्तान्तरण घट्दै गएको छ ।
चितवनको मतगणना १ बजेबाट सुरु हुने
चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।
बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने
बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
रास्वपा अध्यक्ष लामिछानेलाई स्पष्टीकरण सोधियो
आइतबार सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन दुईका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
बारामा सर्वदलीय बैठक बस्दै, त्यसपछि मत गणना सुरु
बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो ।