जिसस प्रमुखमा निर्वाचित भुललाई प्रमाणपत्र
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएका टीका चौधरी भुललाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
कपिलवस्तुको शुद्धोधन १ मा २७ सयभन्दा बढी मत खस्यो
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ मा उत्साह पूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म दुई हजार सात सय ३० मत खसेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको हो ।
सिकैँचामा ४५ प्रतिशत मत खस्यो
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा करिब ४५ प्रतिशत मत खसेको छ ।
बाजुरामा दुई हजारभन्दा बढी मत खस्यो
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भइरहेको उपाअध्यक्षको उपनिर्वाचनमा हालसम्म दुई हजारभन्दा बढी मत खसेको छ । यहाँका नौ वटा मतदानस्थलमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म दुई हजार ४६७ मत खसेको हो ।
कीर्तिपुरमा उपनिर्वाचनका लागि मतदान (फोटो फिचर)
कीर्तिपुर नगरपालिकामा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि मतदान जारी छ । प्रमुख तीन दलका उम्मेदवारविच मुख्य प्रतिस्पर्धा रहेको नगरपालिकाको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
गुल्मीको मुसिकोटमा २८ दशमलव ३५ प्रतिशत मत खस्यो
गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा २८ दशमलव ३५ प्रतिशत मत खसेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
जाजरकोटमा चार हजारभन्दा बढी मत खस्यो
उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका र कुशे –७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे –७ मा वडा अध्यक्षका लागि आज मतदान भइरहेको हो ।
कपिलवस्तु शुद्धोधन-१ मा उत्साहपूर्वक मतदान (फोटो फिचर)
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा उत्साहपूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहान ७ बजे सुरु भएको मतदान बिहान ११ बजेसम्म १ हजार ६ सय ४७ मत खसेको छ ।
हेटौँडा-१२ मा २६ सय मत खस्यो
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदका लागि आइतबार भइरहेको मतदानमा झण्डै २६ सय मतदाताले मतदान गरेका छन् ।
रामगोपालपुरमा ३० प्रतिशत मतदान
वडाध्यक्षको उपनिर्वाचनका लागि रामगोपालपुर –२ मा निर्धारित समयमा मतदान सुरु भएको छ । वडाको मोहनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विधालयको मतदानस्थलमा विहानैदेखि मतदाताको लाम लागेको छ ।
गोरखामा मतदान जारी, ४ सय ७९ मत खस्यो
गोरखामा उपनिर्वाचन भइरहेको गोरखा नगरपालिका – ५ मा मतदान जारी छ । वडाध्यक्षको लागि भएको निर्वाचनमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । दुवै मतदान स्थलमा बिहान ८ बजेसम्म मतदाताको उपस्थिति बाक्लो नभए पनि ९ बजेबाट मतदाताहरू मतदान स्थलमा बाक्लो उपस्थिति देखिएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
उपनिर्वाचनका लागि शान्तिपूर्ण मतदान (फोटो फिचर)
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।
बाजुरामा पनि शान्तिपूर्वक मतदान सुरु, ६५० मत खस्यो
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा शान्तिपूर्वक मतदान सुरु भएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको बिहान सात बजे देखि शान्तिपूर्वकबाट मतदान सुरु भएको हो ।
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
निर्वाचनमा तिनै निकायका सुरक्षाकर्मी परिचालन
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दुई वटै मतदान स्थलमा मतदान केन्द्र निर्माण, निर्वाचन
कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द
उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट–जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
विहान ७ बजेबाट मतदान सुरु, साँझ ५ बजेसम्म जारी रहने
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ ।
मत परिणाम निर्वाचन आयोगको वेबसाइटमा
स्थानीय तह उपनिर्वाचन, २०८१ को मतगणनाको अद्यावधिक परिणाम निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत अद्यावधिक गर्ने भएको छ ।
स्थानीय तह उपनिर्वाचन आज
स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत मङ्सिर १६ गते आज (आइतबार) मतदान हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४१ पदका लागि मतदान हुने छ ।
उपनिर्वाचन : हेटौँडामा मतदान केन्द्र निर्माण धमाधम
हेटौँडाको दुई मतदान स्थलमा मतदान केन्द्र निर्णयको काम धमाधम भइरहेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन हुँदै छ ।
स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा
स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचन क्षेत्रमा सेना परिचालन
आसन्न उपनिर्वाचनको संघारमा सुनसरीको गढी गाउँपालिका–६, सत्तेरझोरा बजारमा शुक्रबार गस्ती गर्दै नेपाली सेना । आइतबार हुने गढी–६ को उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा छन्।
उपनिर्वाचनः मौन अवधि सुरु, के गर्न पाइँदैन
काठमाडौँ, मङ्सिर १४ गते । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ ।निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेको छ ।मौन अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।यस्तै, निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य निषेध गरिएको छ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउनसमेत आयोगले आग्रह गरेको छ ।सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्याल जानकारी दिनुभयो ।निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा उपरोक्तबमोजिम कार्य भए गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।