सांसद फरार भएपछि प्रहरीले पक्राउ गर्न सकेन
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य गीता बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
जोखिम नमोली परिणाम प्राप्त हुँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताउनुभएको छ ।
सुनको मूल्य तोलामा दुई हजारले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।
दुई महिनामा हिमालबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन
यस महिना मात्र हिमाल आरोहणबाट ६३ करोड ५७ लाख ८१ हजार २५१ रुपियाँ राजस्व सङ्कलन भएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३० वटा हिमाल आरोहणका लागि लिइएको सलामी दस्तुर अर्थात् आरोहण शुल्क बापत उक्त रकम सङ्कलन भएको जनाएको छ ।
रामेछापमा जुनारको जुस बिक्री बढ्यो
हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ ।
सिप र रोजगारीका लागि मेला
जनशक्तिलाई सिप र रोजगारीसँग जोड्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा बुधबारदेखि ‘सिप मेला’ सुरु भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगरपालिकाको आयोजनामा मेला सुरु भएको हो । एक महिनासम्म चल्ने सो मेलामा दुई हजार ८१ जनालाई अहिले बजारमा उच्च माग रहेका विभिन्न २९ वटा पेसासँग सम्बन्धित निःशुल्क सिप तालिम दिइने महानगरपालिकाले जनाएको छ ।
बिउ उत्पादनसँगै आम्दानीमा पनि सफल
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाका १४ वडा, भेरीगङ्गा नगरपालिकाका दुई वडा र सिम्ता गाउँपालिकाको एक वडाका करिब एक हजार ६४५ जना कृषक बिउ उत्पादनमा आत्मनिर्भरसँगै मनग्गे आम्दानी गर्न सफल बनेका छन् । बिउ उत्पादनमा नौ सयभन्दा बढी महिलाको सहभागिता छ । जसमा ८८० महिला कृषकले प्रतिवर्ष ४५ हजारदेखि ७० हजार रुपियाँसम्म बिउ उत्पादनबाट अम्दानी गर्दै आएका छन् भने १५६ जना महिला कृषकले बिउ उत्पादनबाट वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
कोरियाबाट फर्केकाका लागि अभिमुखीकरण कार्यक्रम
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजना सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको सहकार्य तथा मानव संसाधन विभाग कोरिया (एचआरडी), परियोजना व्यवस्थापन परामर्श (पिएमसी) हेर्ने गरी कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि सो परियोजनामार्फत मङ्गलबार पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
चुकेनीको बिजुलीले झिलिमिली
जुम्लाको बहुप्रतीक्षाको घडीका रूपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविद्युत् आयोजनाको बत्ती निर्माण करिब सकिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण सुरु भएको चुकेनी विद्युत् सहकारी संस्था लिमिटेड पातारासीद्वारा सञ्चालित ९९८ किलोवाट बिजुलीबाट मङ्गलबारदेखि जुम्ला सदरमुकाममा बत्ती बलेको छ ।
बिस रुपियाँ दरको नयाँ बैङ्क नोटको आपूर्ति
चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति भइसकेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कको चालु छपाइ चक्र अन्तर्गत २० रुपियाँ दरको बैङ्क नोटको छपाइ गर्न छपाइ कम्पनीसँगको करार सम्झौताबमोजिम नौ करोड थान नयाँ बैङ्क नोटको आपूर्ति भएको हो ।
प्रलोभनले उडाउँदै छ विदेश जाने सपना
रुपन्देही मुर्गियाका चित्रबहादुर सुनारको फेसबुक म्यासेन्जरमा अपरिचित व्यक्तिबाट एक भिडियो सन्देश आयो । सन्देशमा कम्बोडियामा सुरक्षा गार्डका लागि मासिक आठ सय अमेरिकी डलर (एक लाख रुपियाँभन्दा बढी) कमाइ हुने सूचना थियो । सन्देश पठाउने पोखरा कास्की घर भई कम्बोडिया बस्ने अनिल गुरुङले कागजपत्रसहित दुई लाख रुपियाँ पठाए भिसा र हवाई टिकट पठाउने बताए । चित्रले नवलपरासी बर्दघाटका दीपक सुनारको पनि पासपोर्ट र कागजपत्र गुरुङलाई पठाए । गुरुङले तोकेको व्यक्तिको बैङ्क खातामा दुई दुई लाख रुपियाँ पठाई दिए ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशतको हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताउनुभएको छ। बुधबार काठमाडौँमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो।
साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्छौ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ ।
टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)
काठमाडौँको टुँडिखेलमा आजबाट सीप मेला सुरु भएको छ। 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले सीप मेला बुधबारदेखि सुरु गरेको हो।
एमआइसिसिआइए र उद्योग वाणिज्य सङ्घबिच सहकार्य
तेस्रो लगानी सम्पन्नपछि नेपालस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा ‘पोस्ट इन्भेस्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एमआइसिसिआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुनलगायतको विषयमा छलफल भएको थियो ।
नेपाली निर्यातकर्तालाई सहजीकरण गरिदिन चीनलाई आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टाइन प्रक्रिया सहजीकरण गर्न आग्रह गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबिच मङ्गलबार भएको भेटमा उद्योगमन्त्री भण्डारीले सो आग्रह गर्नुभएको हो ।
‘श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन’
‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधबार) नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धुमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा खासै काम हुन नसकेको गुनासो भइरहेका छन् ।
अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब
शिथिलताबिच पनि चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रमा सुधार आउने देखिएको छ । खासगरी सेवा क्षेत्र विस्तार हुँदा अर्थतन्त्रले सुधारको गति लिने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्रमा ३.८७ प्रतिशतको वृद्धि भई अर्थतन्त्रको आकार साढे तीन खर्बले बढ्ने प्रारम्भिक अनुमान गरेको हो । त्यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब चार अर्ब पुग्ने अनुमान कार्यालयको छ । गत आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको संशोधित अनुमान गरिएको छ ।
आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ ।
नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने
नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो ।
लक्ष्यभन्दा ७२ प्रतिशत बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०-०८१ को चैत महिनासम्मको राजश्व सङ्कलनको लक्ष्यको ७२ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कृषिका लागि तीनै तहबिच समन्वय गर्ने प्रक्रिया कार्यान्वयनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन तहको सरकारबिच कृषि क्षेत्रसम्बन्धी समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह कृषि क्षेत्र समन्वयसम्बन्धी कार्य प्रक्रिया २०८० कार्यान्वयनमा ल्याएको छ । कृषि मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले कृषि क्षेत्रको समग्र विकासको प्रक्रियालाई समुचित दिशा प्रदान गर्नका लागि राष्ट्रिय प्राथमिकता र स्थानीय आवश्यकता अनुरूप तीनै तहबिचमा समन्वय गर्नका लागि यो कार्यप्रक्रिया कार्यान्वयनमा आएको बताउनुभयो । तीनै तहमा कृषि विकास कार्यक्रमलाई राष्ट्रिय लक्ष्य पूरा गर्नेतर्फ यो लक्षित रहेको उहाँले बताउनुभयो ।
दुई देशको मेला व्यापार प्रवर्धन गर्ने औजार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले व्यापार मेला दुई देशबिच व्यापार प्रवर्धन गर्ने औजारका रूपमा रहने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको १७ औँ नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतबिचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार हुँदै जाने बताउनुभएको हो ।
अनुगमन गर्दा अधिकांश फर्म पर्छन् कारबाहीमा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुुगमन गरेकामध्ये अधिकांशमा कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख १३ गतेसम्म अनुगमन टोलीले तीन हजार ७६६ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा तीन हजार ७२९ मा कुनै न कुनै कैफियत भेटिएको हो ।