तिहारको पाँचौ दिन गाई पूजा गरिँदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ
नेपाल सम्वत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
नेपाल संवतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ ।
तिहारको पूजा आराधना गरिँदै, म्हः (आत्म) पूजा
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।
नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाल बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र भएको बताउनुभएको छ ।
सद्भाव र सहिष्णुताले राष्ट्रिय एकता अझ बलियो : कार्यवाहक सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताउनुभएको छ ।
तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔंँ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ ।
उज्यालो र समुन्नतिको प्रतीक तिहार
ढकमक्क मखमली र सयपत्री फुलेर आएको सुवास, रङ्गीबिरङ्गी बत्तीको उज्यालो, देउसीभैलोको उल्लास, नेपालीका घरआँगनमा तिहारको उल्लास भित्रिइसकेको छ । मानव मात्रै होइन, पशुपक्षीप्रति पनि सद्भाव र प्रेम व्यक्त गर्ने अनि समुन्नतितर्फ अघि बढ्न प्रेरित गर्ने नेपालीको दोस्रो ठुलो चाड तिहार आइतबारदेखि सुरु भएको हो ।
बृहत्तर वराहक्षेत्र परिक्रमा सुरु
धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगतगुरु बालसन्त मोहनसरणले स्थानीय धार्मिक र पौराणिक सम्पादाहरुको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेबाट सुरु भएको हो ।
रेसुङ्गाधामको चौतारामा गौ पूजाको तयारी
हिन्दूहरुको दोस्रो महान पर्व तिहारसुरु भएसँगै गुल्मीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल रेसुङ्गाधाम चौतारामा विशेष उत्साह देखिएको छ ।
कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाइँदै
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आइतबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
उज्यालोको पर्व तिहार सुरु
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबार सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिकशुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।
कात्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।
पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग
पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।
दस लाख लगानीमा बहुजातीय सांस्कृतिक घर
आदिवासी थारू समुदायलगायत विभिन्न समूदायको मौलिक भेषभूषा हराउँदै गएको अवस्थामा दाङमा बहुजातीय सांस्कृतिक भेषभूषा घर स्थापना गरिएको छ । लोप भइरहेको पोशाकहरूको प्रचारप्रसार तथा संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित घोराही उपमहानगरपालिका –५, स्थित धारपानीमा स्थापना गरिएको हो ।
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ ।
पाथीभरामा ३४ लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा असोज महिनामा करिव २३ लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । एक महिनाको अवधि अर्थात असोजमा उक्त भेटी रकम सङ्कलन भएको हो ।
यम पञ्चक आजदेखि सुरु
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ ।
दसैँ सकिए पनि ‘सखिया नाच’ को रमझम जारी
दसैँ सकिए पनि थारु गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ को रमझम भने अझै सकिएको छैन । दसैँभन्दा अघि सुरु भएको सो नाच दसैँ सकिएपछि पनि बाँके र बर्दियाका थारु गाउँबस्तीमा अझै जारी छ ।
छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो
तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ ।
गुल्मीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने
जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको अवसरमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न दिने निर्णय गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो ।