चित्लाङमा हिले जात्राको रौनक
उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ ।
दिवंगतको सम्झनामा 'ताराली'
नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिको सम्झनामा 'ताराली' (तायमचा) निकालेका छन् ।
सीमान्तकृत चेपाङ समुदायकाे न्वाँगी पर्व
सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व छोनाम (न्वाँगी) हर्षोल्लासपूर्वक मनाउन तयारी थालेका छन् ।
पाटनमा मनाइयो मतयाः पर्व (फोटो फिचर)
प्रत्येक वर्ष पाटनमा मनाइने मतयाः पर्व यस वर्ष शुक्रबार मनाइएको छ ।
बेनीको गाईजात्रामा युवाको सहभागिता
बेनीमा युवा र पाका पुस्ता मिलेर गाइजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाइजात्रामा सहभागी भएका छन् । गाइजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।
वसन्तपुरमा मनाइयो गाईजात्रा (फोटो फिचर)
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
मनाइयो गाईजात्रा
परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना बिहीबार काठमाडौँ उपत्यकालगायत देशभर मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।
विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ।
दलित समुदायद्वारा पुरोहितबाट सामुहिक जनै धारण
यहाँका दलित समुदायले आफ्नै पुरोहितबाट सामुहिक रक्षाबन्धन तथा जनै धारण गरेका छन् । समाजमा जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामुहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरुले बताएका छन् ।