देवीका नौ स्वरूप
शक्ति उपासना परम्परा प्राचीन परम्परा हो । यो परम्परामा देवीका विभिन्न स्वरूपको उपासना एवं आराधना गर्ने चलन हाम्रो समाजमा छ ।
माचु पिचुः विश्वको सातौँ आश्चर्य
दक्षिण अमेरिकी राष्ट्र पेरुमा अवस्थित ‘माचु पिचु’ विश्वको सातौँ आश्चर्य मानिन्छ । ‘इन्काहरूको हराएको शहर’ नामले समेत परिचित माचु पिचु विश्वभरका इतिहासकार, पुरातत्वप्रेमी एवं पर्यटकको गन्तव्य बन्ने गरेको छ ।
स्मार्ट बन्ने दौड गोपनीयतामाथि प्रश्न !
तपाईंले केही समययता उपकरणहरू कसरी स्मार्ट बन्दै गएका छन् भन्ने कुरा याद गर्नुभएको छ ?
परमाणु हमला गर्ने ख्रुस्चेभको धम्की
बेलायती, फ्रान्सेली र इजरायली सैनिकहरू इजिप्टबाट फिर्ता नभएमा पश्चिम युरोपमा परमाणु हतियार प्रयोग गर्ने धम्की सोभियत सङ्घका नेता निकिता ख्रुस्चेभले दिँदा सन् १९५६ को स्वेज नहरको सङ्कट परमाणु युद्धको दिशामा बढ्ने जोखिम उत्पन्न भएको थियो ।
अलमलमै पहरी
ललितपुर र काभ्रे जिल्लामा मुख्य थातथलो भएका पहरी जाति सीमान्तकृत जातिका रूपमा सूचीकृत छ ।
टाउकोबिना बाँचेको कुखुरा
अचम्म लाग्न सक्छ, होइन पनि भनिएला तर सत्य नै हो ।
चन्द्रमा कसरी बन्यो ?
सर्वमान्य परिकल्पनाका रूपमा परिचित चन्द्रमाको उत्पत्तिसम्बन्धी सिद्धान्तले भनेको छ,
२०८१ साल असोज महिनाको राशिफल
सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । आँटेका काममा महत्वपूर्ण सफलता हात पर्ला । शारीरिक एवं मानसिक आरोग्यता अनुकूल रहने छ । सन्तानको चिन्ताले केही पिरोल्ने छ । दाम्पत्य
बाल अधिकारको संरक्षणमा परिषद्
बालबालिकासम्बन्धी ऐन, २०७५ ले बाल अधिकार र हकहितको संरक्षण तथा संवर्धन गर्न राष्ट्रिय बाल अधिकार परिषद्को व्यवस्था गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको अध्यक्षतामा परिषद् रहने सो ऐनले व्यवस्था गरेको छ । पहिले बालबालिकासम्बन्धी ऐन, २०४८ थियो । २०७५ सालमा नयाँ ऐन जारी गरियो
बालबालिकाबारे सङ्क्षिप्त चित्र
भाइबहिनीहरू, बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकारलगायतका बारे जागरण फैलाउने उद्देश्यले नेपालमा राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।
सुरीको प्रतीक्षा
पुस महिनाको ठन्डी थियो । एक दिन सानिमाको घरबाट आउँदै गर्दा बनेपाको ध्यानकुटी विहारपछाडि बाटोको छेउमा एउटा सानो बिरालो पल्टिरहेको देखेँ । नजिकै गएर त्यसलाई छोएँ । जीवितै रहेछ । उठाउन खोजेँ तर त्यो उठेन । रौँ शीतले भिजेको थियो । शरीरभरि माटो थियो । ऊ हिँड्नै नसक्ने गरी बिरामी परेको रहेछ । उसलाई त्यत्तिकै छोड्न सकिनँ । हल्का फोहोर टकटक्याएर झोलाको कि
राष्ट्रिय बालदिवस बालबालिकाको पर्व
भाइबहिनीहरू, हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइन्छ । यस वर्ष ६०औँ राष्ट्रिय बाल दिवस मनाउँदै छौँ । हामी राष्ट्रिय बालदिवसकै बारेमा चर्चा गर्ने छौँ । घरपरिवार, समाज र राष्ट्रकै गहना बालबालिका हुन् । बालबालिका नभएको संसार त कल्पना पनि गर्न सकिँदैन । बालबालिकालाई राम्रोसँग हुर्कन, बढ्न, पढ्न, ज्ञान तथा सिप सिक्न पाउने वातावरण बनाइदिनु र उनीहरूलाई कुनै पनि हेला, भेदभाव, दुव्र्यवहार, दुःख, अप्ठ्यारो आदिमा पर्नबाट बचाउनु अभिभाभवक, समाज एवं सरकारको
रुघाखोकीलाई सामान्य लिनु हुन्न
बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको तीव्र औद्योगिकीकरणका कारण विश्वसहित नेपालको वातावरण पनि दिनप्रतिदिन खराब बन्दै गएको छ । तीव्र औद्योगिकीकरणले गर्दा जलवायु परिवर्तनको असरसमेत बढ्न थालेको छ । विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसममा समेत असर पुग्न गएको छ । तीव्र औद्योगिकीकरणबाट आएको धुवाँ, धुलो, वंशाणुगत गुण, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या अत्यधिक बढेको छ । अस्पतालमा आउने बिरामीमध्ये धेरैजसो
बाल सिनेमाको संसार
विश्वका प्रसिद्ध सिनेमा निर्माता निर्देशकले सिनेमाको निर्माण सुरु भएदेखि नै हास्य, रोमाञ्चक, जासुसी सिनेमा बनाउन थालिसकेका थिए । विविध विषयका सिनेमा बनाउने क्रममा बालबालिकाको रुचिलाई लिएर बाल चलचित्र पनि बनाउन थाले । अमेरिका, हङ्गेरी, जर्मनी, फ्रान्स, रुस आदि देशले बाल चलचित्र बनाइसकेका थिए । स्विडेनका चलचित्र निर्देशक इङ्ग्मार बर्गम्यानले बालबालिकालाई विषय बनाएर सुरुवातमा केही सिनेमा बनाए । जापानका चलचित्र निर्देशक आकिरा कुरोसावा, अमेरिकाका चलचित्र निर्देशक अर्सन बेल्स आदिले बालबालिकामाथि राम्रा राम्रा सिनेमा बनाए । फ्रान्सका फ्रान्सुआ क्रुफोले एउटा बालकको मनोविज्ञानमा फो
रमाइला नानो स्याटेलाइट
अन्तरिक्षमा चासो राख्ने भाइबहिनीहरू, कुनै कुरा अन्तरिक्षमा पठाउँदा कस्तो हुन्छ भन्ने सोच्नुभएको छ ? आज हामी एकदमै रमाइलो विषय ‘नानो स्याटेलाइट’ (भूउपग्रह) का बारेमा जानकारी लिन गइरहेका छौँ । तपाईंहरूले केही वर्षअघि ‘नेपाल पनि भूउपग्रहको युगमा प्रवेश गर्यो, नेपालले पनि अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठायो’ भन्ने समाचार सुन्नु वा पढ्नुभएको होला । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ साल वैशाख ४ गते प्रक्षेपण गरिएको थियो । यो नानो भूउपग्रह
गरिबी घटाउँदै विप्रेषण
भाइबहिनीहरू, आज हामी यात्रा गर्ने पैसाको कुरा गर्छौं । यात्रा भनेको एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नु हो । हामीले बाबुआमा, काकाकाकी, दाजुदिदी कसैले बैङ्कमा गएर अथवा नजिकै एउटा कुनै वित्तीय संस्थामा गएर रकम झिकेर ल्याएको देखेको हुनु पर्छ । हामीहरूका आफन्त वा चिने जानेका वा छिमेकी कोही विदेश जानुभएको हुन सक्छ । उहाँले पठाउनुभएको तलब बैङ्कमा जम्मा हुन्छ । अनि यताबाट आफन्तले चाहिए जति झिक्न पाउनुहुन्छ । अचेल हरेक चार घरमध्ये तीन घ
सामाजिक विषयमा यसरी अब्बल बन्ने
प्यारा विद्यार्थी भाइबहिनीहरू ! तपाईंहरूको पढाइलेखाइ कस्तो चल्दै छ नि ? पक्कै पनि राम्रै होला, होइन त ? आज हामीले ‘सामाजिक अध्ययन’ विषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर चर्चा गर्ने छौँ । सामाजिक अध्ययन विषय विद्यालय तहमा पठनपाठन हुने एउटा अनिवार्य विषय हो । यस विषयको नाम कक्षा ४ देखि ८ सम्म ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’, कक्षा ९ र १० मा ‘सामाजिक अध्ययन’ र कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ हो । यो विषय समाजसँग सम्बन्धित विष
तरकारीमा नुन हाल्दा किन निस्कन्छ पानी ?
दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरा र अनुभव गरेका घटनालाई हामीले त्यति चासो लिने गरेका छैनौँ । ठुला मानिसका लागि यस्ता विषय सामान्य लाग्न सक्छन् तर बालबालिकाका लागि ती विषय अनौठा लाग्छन् । बालबालिकाको दिमागमा यस्ता हरेक परिवर्तनका घटना मात्र किन ? कसरी ? भन्ने प्रश्न उब्जन्छ । यस्तै प्रश्न र त्यसको सही समाधान खोजी गर्दै जानु विद्यार्थीको लक्षण हो । यस लेखमा त्यस्तै सामान्य घटनाको वैज्ञानिक कारणबारे बुझाउन खोजिएको छ ।
अनाथको आश्रय घर
भाइबहिनीहरू ! बाबुआमाको मृत्यु भएका वा कोही संरक्षक नभएका बालबालिकालाई टुहुरा भनिन्छ । रेखदेख र पालनपोषण गर्ने कोही नभएका बालबालिकालाई अनाथ भनिन्छ । यस्तै टुहुरा र अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालभदौ ४ गते गरिएको हो । तत्कालीन मुमा बडामहारानी रत्न शाहले आफ्नो जन्मदिन पारी भदौ ४ बाल सङ्गठन स्थापना गर्नुभएको थियो । लामो समय बाल सङ्गठनको अध्यक्षमा उहाँ नै रहनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्तिपछि बाल सङ्गठनको अध्यक्षमा रीतासिंह वैद्य नियुक्त हुनुभयो । २०७७ सालबाट बाल सङ्गठनको अध्यक्षमा विद्या उपाध्याय न्यौपा
विश्वमाः कहाँ के ?
१. अलैँची धेरै उत्पादन नेपालमा हुन्छ । २. आँप धेरै उत्पादन भारतमा हुन्छ । ३. आलु धेरै उत्पादन जर्मनीमा हुन्छ । ४. कफी धेरै उत्पादन ब्राजिलमा हुन्छ ।
ग्रिन कफीमा आकर्षण
तौल घटाउन र स्वस्थ रहन विविध ब्रान्डका ग्रिन टी अर्थात् हरियो चियामा अचेल दिनानुदिन आकर्षण बढ्दै गएको छ । यस्तै ग्रिन कफीसमेत लोकप्रिय छ । ग्रिन कफी भन्नाले हरियो कफीको दाना या धुलो हो जुन रोस्ट अर्थात् भुटेको हुँदैन । आकर्षक साना साना प्याकमा विभिन्न ब्रान्डमा यो कफी बजारमा उपलब्ध हुन थालेको छ । ग्रिन कफी ग्रिन टीभन्दा भिन्न स्वादको हुन्छ । यो कुनै नौलो हर्बल टी जस्तो पनि होइन । काँचो कफी सुकाएर धुलो या गेडामै तातोपानी मिसाएर पिउने गरिन्छ । कफी पारखीका लागि भने यो स्वाद अलि भिन्न लाग्न सक्छ ।
बालबालिकामा हुने क्यान्सर
अति विकसित मुलुकमा बालबालिकामा लाग्ने क्यान्सरमध्ये करिब ८० प्रतिशतको सफलतापूर्वक उपचार सम्भव हुन्छ । अत्याधुनिक औषधोपचार र प्रभावित व्यक्तिको उच्चस्तरीय स्याहारसुसारका कारण पनि यो सम्भव भएको भन्न सकिन्छ तर विडम्बना संसारभरिका क्यान्सर ग्रसित बालबालिकामध्ये केवल १० प्रतिशत मात्र ती देशमा छन् । अर्थात् बहुसङ्ख्यक यस्ता बिरामी विकासोन्मुख वा विकासशील देशमा छन् । सबै प्रकारका क्यान्सरबाट प्रताडित व्यक्ति (बालबालिका र वयस्क) मध्ये केवल एक प्रतिशत मात्र बालबालिका छन् । त्यसो भएर पनि बालबालिकामा लाग्ने क्यान्सरको समस्यालाई ठूलो बोझका रूपमा लिने गरिएको छैन ।
हिमालयन अवेकिङ आधुनिक नेपालको पहिलो श्रव्यदृश्य
भारतको कोलकाताबाट डिबी परियारको सत्प्रयासमा सत्य हरिशचन्द्रको निर्माणपश्चात् नेपाली भाषामा चलचित्र बनेको इतिहास छ । हुन त यो विषय निर्माणको सन्दर्भ आजपर्यन्त विवादित रहेको छ । कसैले यसलाई नेपाली भाषामा डबिङ मात्र गरिएको र कसैले बन्दै नबनेको दाबी गरे पनि राजा त्रिभुवन र नाट्यसम्राट बालकृष्ण समले आफ्नै आँखाले यसको छायाङ्कन देखेको बताएकाले यसको निर्माण र नेपाली भाषामा भएको छायाङ्कनका बारे विवाद गर्नु त्यति आवश्यक देखिँदैन ।
पहिचान हो श्रुतिपरम्परा
श्रुतिपरम्परा हजारौँ वर्षदेखि निरन्तर अस्तित्वमा छ । यसको सीधा नाता बोलीसँग छ, जुन मानव जातिले सबैभन्दा पहिले सुरु गरेको शाब्दिक सञ्चार हो । यसले मानव–मानव तथा मानव र सभ्यतालाई निरन्तर जोड्दै आइरहेको छ । श्रुतिपरम्पराको महिमा अपरम्पार छ । आध्यात्मावादीहरूले भनेझैँ श्रुतिपरम्परा ज्ञानयोग, भक्तियोग र कर्मयोगलाई पनि एकआपसमा जोड्ने अलौकिक सेतु हो । श्रुतिपरम्पराले संस्कृति, इतिहास र ज्ञानको संरक्षण, भण्डारण र विस्तारमा जीवनदायिनी भूमिका खेल्दै आएको छ । लेख्यपरम्परा र विद्युतीय माध्यमको विकास चरमोत्कर्षमा पुगेको अहिलेको युगमा पनि श्रुतिपरम्पराको महत्व कायमै छ । यसको बहुआयामिक महत्व छ ।