प्रधानमन्त्री प्रचण्ड र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
सदन खुलाउने विषयमा जुटेन सहमति
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा आज बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न नसकेको हो ।
सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति
अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।
सदन खुलाउन ठुला दलका सचेतकसँग छलफल हुँदै
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने हुनु भएको छ ।
गौतमबुद्ध विमानस्थल सञ्चालनको समस्या समाधानमा लाग्छु : उपप्रधानमन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्या जतिसक्दो चाँडै समाधान गर्ने बताउनुभएको छ ।
भोलि सदन खुल्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पार्नुभएको छ।
देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स’
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो ।
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड
नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिएको हो ।
सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो ।
नमुना सदरमुकाम निर्माणमा ८० करोड स्राेतको खोजी
नवलपुरको कावासोतीमा निर्माण हुने भनिएको नमुना सदरमुकाम निर्माणका लागि स्राेत सुनिश्चित गर्ने काम अघि बढेको छ । रकम अभावले नमुना सदरमुकाम अलपत्र पर्ने आशङ्का भइरहेका बेला ८० करोडको श्रोत सुनिश्चितताका लागि सङ्घीय सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ भएन
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार अभियोगको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्ड रामेछापमा
नेकपा (माओवादी केन्द्र), दोरम्बा शैलुङ गाउँपालिका संगठन समितिले डाडाँकटेरीमा आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आइपुग्नुभएको हो ।
सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट बरामद सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पूर्व कप्तान पारस क्रिकेट राजनीतिमा प्रवेश
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का क्रिकेट राजनीतिमा प्रवेश गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने रुचि राख्नुभएका पारसले दुई वर्षअघि कप्तान पदबाट राजीनामा दिनुभएको थियो ।
विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव
काठमाडौं, साउन ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसदकाे गतिरोधका बारे छलफल भएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिनुभयो । उहाँंका अनुसार, भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दललाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।
सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।
कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दियो, २० घाइते
पूर्वपश्चिम राजमार्गको भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा बुधबार बिहान कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दिँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
केहीबेरमा कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।
कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गर्न बैठक बोलाएको छ । कक्षा १२ को नतिजा प्रकाशन गर्न आज (मङ्गलबार) साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको हो ।
अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा
गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
नेपाल प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । मङ्गलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो ।