डेरी सञ्चालनपछि किसानलाई राहत
सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।
ताप्लेजुङमा दुई लाख ८० हजार बिरुवा उत्पादन
ताप्लेजुङमा रुख प्रजाति तथा जडीबुटीका दुई लाख ८० हजार बिरुवा उत्पादन गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले एकै वर्षमा उक्त सङ्ख्यामा बिरुवा उत्पादन गरेको हो ।
रासायनिक मल अभावबीच ५५ प्रतिशत धान रोपाइँ
रासायनिक मलको अभावका बीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाई सकिएको थियो ।
रासायनिक मलको मूल्य निर्धारण
गाउँपालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको निर्धारण गरिएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाले पालिकाभित्र विक्रि वितरण हुने रासायनिक मलको मुल्यमा एकरुपता ल्याउन मुल्य निर्धारण गरेको हो ।
तरकारी खेतीबाटै जीविकोपार्जन
केही समय अघिसम्म ज्यालादारी मजदुरी गर्ने धनकुटा नगरपालिका वडा नम्बर २ गुराँसेका ५५ बर्र्षीय गोबिन्द सारु मगरको जीवन वदलिएको छ । ब्यवसायिक तरकारी खेती सुरु गरेपछि उहाँको जीवननै फेरीएको छ ।
जडीबुटी खेतीबाट उत्साहित ताप्लेजुङका किसान
ताप्लेजुङका किसान जडीबुटी खेतीबाट उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् ।
उदयपुरमा २७ प्रतिशत रोपाइँ
यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ ।
सयौँ वर्षदेखि अझै लोकप्रिय धनकुटाका हाटबजार
ठुला बजार र मुद्रा अभावमा बस्तु विनियम प्रथालाइ सहजरुपमा सञ्चालन गर्न सयाँै वर्ष अघि गाँउघरवाट हाटबजार सुरु भएको थियो । तर बस्तु विनियम प्रथाको अन्त्य भई ठुलाठुला सहरवजारको बिकास भएपनि धनकुटामा स्थानीय स्तरमा लाग्ने हाटबजारको लोकप्रियता अहिले पनि उत्तिकै छ ।
रासायनिक मलको विकल्पमा ढैँचा
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले ढैँचा मलको प्रयोग गरेर धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले विगत तीन वर्षदेखि ढैँचाको बिरुवा उमारेर मलका रूपमा प्रयोग गरी धान, गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ । किसान रामपुकारले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषण पूर्ति गर्ने भएकाले आफूले यो मलको प्रयोग गर्दै आएको जानकारी दिनुभयो ।