प्याराग्लाइडिङ खेल्ने क्रममा दुर्घटनामा परी एक जनाकाे मृत्यु
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार जारी प्याराग्लाइडिङ खेल्ने क्रममा निसिम थापाको दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ स्थित सराडकोटको आकाशमा भएको क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको ब्ल्यूस्काई कम्पनीको पाराग्लाइडिड आकासमा उडिरहेको थियो ।
राष्ट्रिय महिला भलिबल : आर्मीलाई पराजित गर्दै एपिएफकाे सानदार जित
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले जित निकालेको हो ।
केशरीको पदचिह्नमा जयरानी
चार महिनाअघि काठमाडौमा भएको ४४ औँ राष्ट्रिय एथलेटिक्समा जयरानी चार स्वर्ण र एक रजतसहित सहभागी सबै विधामा पदक जितेर सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । त्यसपछि जयरानीको चर्चा चुलिएको हो । अहिले नवौँ राष्ट्रिय खेलकुदमा पनि हेर्नलायक खेलाडीमध्ये एक हुनुहुन्छ ।
फुल कन्ट्याक्ट करातेमा गण्डकी र आर्मीलाई तीन तीन स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी र नेपाल आर्मीले समान तीन तीन स्वर्ण जितेका छन् ।
आर्मीको ‘फ्लोअन’ जित
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले स्कोरले हरायो ।
हिट नै नभएको चार सय मिटर हर्डस्समा जयरानीलाई कीर्तमानी स्वर्ण
महिला चार सय मिटर हर्डस्समा पनि आइतबार बिहान सुरुमा हिट चरण हुने भनिएको थियो । तर १२ खेलाडी सहभागी यो इभेन्ट्समा पाँच खेलाडी सहभागी नहुँदा सीधै फाइनल खेलाइयो ।
गोपीलाई हराउने सपना पूरा भयो– दीपक
गोपीचन्द्र पार्कीलाई हराउने सपना पूरा गर्दै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद: तेक्वान्दोको पुम्सेतर्फ पुलिसको वर्चस्व
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाली प्रहरीले वर्चस्व कायम राखेको छ ।
महिला बास्केटबलमा सेनाको विजयी सुरुवात
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत तनहुँमा राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।