चार दशकअघि देश फर्कंदा मेरो मनमा एउटा गहिरो प्रश्न थियो– “किन पढेँ मिर्गौला रोग ?” त्यो प्रश्न केवल व्यक्तिगत संशय थिएन । त्यो समयको नेपालको स्वास्थ्य संरचनाको प्रतिविम्ब थियो । किनकि त्यतिबेला न पर्याप्त बिरामीको पहिचान थियो न त उपचारको व्यवस्थित पूर्वाधार । जागिरको निश्चितता र विशेषज्ञता उपयोग गर्ने स्पष्ट मार्ग थिएन । समयसँगै बुझ्दै गएँ, समस्या बिरामीको अभाव होइन, सेवा