पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ ।
भुटान र अरुणाचलको नजिक दूरीमा रहेको आसामको उदालगुढी भीम दाहाल जस्तै लाखौँ नेपालीको सघन बसोबास भएको जिल्ला हो ।
दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।
ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ ।
पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौँ उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ ।
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको सो स्वास्थ्य संस्था २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार एक सय कायम भएको छ ।