देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो ।
काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले कुहिने फोहोर यहीँ व्यवस्थापन गर्ने घोषणा गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ ।
श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा शनिबार थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ ।
गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन ।
कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किदै गएको अनुभव सुनाउनुहुन्छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ ।
कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ ।
गत साउन २७ गतेदेखि भक्तपुरमा शुरु भएको गाईजात्रा पर्व शुक्रबारदेखि पूरा गरिएको छ । मूल नाइके नरेन्द्रप्रसाद जोशीले जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको गाईजात्रा पर्व आज पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको जानकारी दिनुभयो ।
बिहीबार राति आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।