नेपालको जेठो अखबार गोरखापत्र १२६ वर्षमा पाइला टेकेको छ । यो खुसियालीमा हामी सबै गौरवान्वित भएका छौँ । धेरै दुःख कष्ट झेलेर आधुनिक प्रविधिको युगमा यो अखबार प्रकाशन भइरहेको छ । हप्ताको एक पटक प्रकाशित हुने यो अखबार अहिले अनलाइन दुनियाँमा छिन छिनमै विश्वभर समाचार पु¥याउने माध्यम बनेको छ । पहिले पहिले सिसाको एक/एक अक्षर केलाएर स्टिकमा राखी शब्द शब्द बनाई कम्पोज गरी वाक्य बनाइन्थ्यो । प्रत्येक १०–१२ लाइनमा कम्पोजलाई दुई हातले राम्ररी च्यापेर ग्यालीमा राखी समाचारको महìव अनुसार हेडलाइन राखिन्थ्यो ।