‘सुशासन’ शब्द यतिखेर के सरकार, के नागरिक सबैको प्रिय बनेको छ । यो शब्द अहिले आमजनजिब्रोमा झुन्डिएको छ । हामी सबैको गन्तव्य निःसन्देह सुशासन हो तर सुशासन भनेकै आखिर के हो, त्यसतर्फको यात्रा कसरी तय गर्ने, त्यहाँ पुग्ने मार्गचित्र के हो, के हामी सही बाटोमा त छौँ र बाटोमा आइपर्ने बाधा अडचनलाई कसरी निराकरण गर्ने भन्ने जस्ता कुरालाई नछिचोलीकन हामी गन्तव्यमा पुग्न सक्दैनौँ ।
हिजोआज अमेरिकी राजनीतिक एवं बौद्धिक वृत्तमा ‘ओलिगार्की’ शब्द निकै चर्चामा छ ।