शारीरिक आरोग्यता अनुकूल रहला । आकस्मिक यात्राको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाला । सामान्य विवादको योगसमेत रहेकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्ने छन् ।