सौर्यमण्डलमा अवस्थित आठ वटा ग्रहको आफ्नै विशेष प्रकारको आकृति संरचना एवं विशिष्टता रहेको छ । यी आठ वटा ग्रहमध्ये पनि सूर्यबाट दुरीका आधारमा दोस्रो ग्रह शुक्र अत्यधिक रहस्यमय एवं अन्य ग्रहको प्रकृतिभन्दा निकै पृथक् रहेको पाइन्छ ।