विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता, दिगो विकासको अवधारणा र अभियान एवं शून्य कार्बन उत्सर्जनको लक्ष्यका कारण नवीकरणीय ऊर्जा प्रवर्धनको विषय अन्तर्राष्ट्रिय मञ्चहरूका साझा एजेन्डा बन्न पुगेका छन् । तद्नुरूप जलविद्युत्को अपार सम्भावनाका कारण नेपालमा पनि विगत केही दशकदेखि विद्युत् उत्पादन तथा उपभोग बढाउने