• १५ वैशाख २०८१, शनिबार

डोल्पामा दुई सातादेखि हवाई उडान ठप्प

blog

दुई सातादेखि नेपालगञ्ज डोल्पा हवाई उडान ठप्प । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा
डोल्पा,साउन १८ गते ।
 दुई सातादेखि नेपालगन्ज डोल्पा हवाई उडान ठप्प भएको छ हवाई उडान नहुँदा सर्वसाधारणलाई समस्या परेको छ ।

प्रतिकूल मौसमका कारण हवाई मार्ग अवरुद्ध भए पछि उडान नहुँदा समस्या भएको हो ।

दुई सातासम्म पनि हवाई उडान नभएपछि यात्रु र सर्वसाधारणले भने नेपाल नागरिक उड्डयन प्राधिकरण जुफाललाई उडान नहुनुको दोष देखाएका छन् ।

डोल्पास्थित तारा एयरलाइन्स र समिट एयरलाइन्सका कर्मचारी र नागरिक उड्डयान प्राधिकरण डोल्पाका प्रमुख अमित कुमार चौरासियाबीचको मनमुटावका कारण उड्डयन प्राधिकरणले अनुकूल मौसममा पनि हवाई अनुमति नदिँदा उडान ठप्प भएको जनगुनासो छ ।

नेपाल नागरिक उडड्यान प्राधिकरण जुफालले भने लगातार मौसममा आएको खराबीका कारण साउन ५ गतेदेखि नेपालगन्ज डोल्पा हवाई उडान ठप्प भएको जनाएको छ ।

नागरिक उड्डयान प्राधिकरण जुफालका प्रमुख अमित कुमार चौरासियाले उडान ठप्प हुनुमा अरू कुनै कारण नभई प्रतिकूल मौसम नै प्रमुख कारण भएको बताउनुभयो ।

समिट एयर जुफालका स्टेसन प्रमुख पूर्णजङ्ग शाहीले पनि प्रतिकूल मौसम नै प्रमुख कारण भएको जानकारी दिनुभयो ।

लामो समयसम्म हवाई उडान ठप्प हुँदा डोल्पाबाट नेपालगन्ज झर्ने र नेपालगन्जबाट डोल्पा आउने बिरामी, कर्मचारी लगायत सर्वसाधारणलाई समस्या भएपछि आफूसमक्ष गुनासो आएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताउनुभयो ।