• १५ वैशाख २०८१, शनिबार

मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

blog

फाइल तस्बिर

सोलुखुम्बु समाचारदाता
सोलुखुम्बु, असार २६ गते ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ ।

लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, ‘‘च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् ।’’ हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाउनुभएको थियो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

यो पनि पढ्नुहोस

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिनुभयो । त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी ।