• १४ वैशाख २०८१, शुक्रबार

अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पुरातात्त्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

blog

काठमाडौं, असार ११ गते । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । 

नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए ।  नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो ।

कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव छ  सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयातकार प्यानल एउटा र तीनवटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् ।

पुरातात्त्विक महत्त्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको साङ्ग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिनुभयो । नेपाल ल्याएपछि ती पुरातात्त्विक महत्त्वका कलाकृतिहरू पुरातत्त्व विभागमा राखिनेछ । रासस