• १५ वैशाख २०८१, शनिबार

‘नीरफूल’ को गीत सार्वजनिक

blog

काठमाडौँ, जेठ १० गते । फुलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ मा रहेको गीत सार्वजनिक गरिएको छ ।  भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक बिपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । विस २०७२ को महाविनाशकारी भूकम्प र परिवार वियोगको कथावस्तु समेटिएको चलचित्रको गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ  । 

सेलो सङ्गीतमा आधारित गीतको भिडियोमा दयाहाङ राई आफ्नो परिवारसित हाँसी खुसी रमिरहेको देखिन्छ । बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित चलचित्रको पटकथा तथा लेखन निर्देशन वनले नै गर्नुभएको छ ।