• १५ वैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

blog

शपथ र पद्भार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री राजेन्द्रसिंह रावल । तस्बिर : अविनाश चौधरी

प्रकाशविक्रम शाह/अविनाश चौधरी

धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।  नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले तत्कालका  लागि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो । 

मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरू नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एमाले) का प्रमुख सचेतक सन्तोषकुमारी थापा शर्माले आज बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।  

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उहाँहरूले शपथ ग्रहण गर्नुभएको हो । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । उहाँहरूले देश तथा जनताको नाममा शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट, निवर्तमान मन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । यसैबीच, मुख्यमन्त्री रावलले आजै पदभार पनि ग्रहण गर्नुभएको छ ।