समानुपातिकतर्फ आठ प्रकारका मतपत्र

Election-Commission-Nepal-768x411काठमाडौँ, असोज ८ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ आठ प्रकारका मतपत्रको ढाँचा स्वीकृत गरेको छ । एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य र त्यसको तल प्रदेशसभाको समानुपातिक सदस्यको मतपत्र रहने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा रातो मसीले छापिनेछ । 

देशभरिलाई एउटै निर्वाचन क्षेत्र मानी ७७ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि १६५ वटा निर्वाचन क्षेत्रका लागि एकै प्रकारको मतपत्रमा मतदाताले मतदान गर्नेछन् भने सम्बन्धित प्रदेशभरिलाई एउटै निर्वाचन क्षेत्र मानी सात प्रदेशका लागि सातवटा मतपत्रको ढाँचा तयार गरिएको छ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतपत्रको ढाँचा आयोगको बैठकले स्वीकृत गरेको जानकारी दिनुभयो । आयोगका प्रवक्ता नवराज ढकालले मतपत्रको ढाँचा स्वीकृत गर्दा मतदातालाई मतदान गर्न सजिलो हुने र निर्धारित समयमा छपाइलगायतको  व्यवस्थापन  गर्न सरल होस् भन्ने पक्षलाई विचार गरी आयोगले मतदाता मैत्री मतपत्रको ढाँचा स्वीकृत गरेकोे बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना