• १५ वैशाख २०८१, शनिबार

अध्यक्ष माधवकुमार नेपाल ८८५ मतले अगाडि

blog

फाइल तस्बिर

सञ्जयकुमार मिश्र

गौर, मङ्सिर ६ गते । पछिल्लो मतगणनाको परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट नेकपा (एस) का माधवकुमार नेपालले अग्रता कायमै राख्नुभएको छ । 

पछिल्लो परिणामअनुसार अध्यक्ष नेपालले ९ हजार ७४९ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अजयकुमार गुप्ताले ८ हजार ८६४ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

नेता नेपालले सुरुवाती समयदेखि अहिलेसम्म अग्रता कायम राख्नुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताउनुभयो । नेता नेपाल ८८५ मतले अगाडि रहनुभएको छ ।