• १४ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

बाली, इन्डोनेसिया, कात्तिक २७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिनु हुनेभएको छ । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्त्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताउनु भएको छ ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र  यहाँ उहाँले औपचारिक रूपमा २०२३ का लागि भारतको २०२३ अध्यक्षता लिनुहुने छ’ भारतीले एएनआईलाई बताउनु भएको छ ।

‘प्रधानमन्त्री मोदीको  जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ ।  भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु,’ भारतीय राजदूत भारती भन्नुभएको छ । रासस/एएनआई