• १५ वैशाख २०८१, शनिबार

तोलामा एक हजारले घट्यो सुनको मूल्य

blog

काठमाडौं, असोज ९ गते । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको एक हजारले ओरालो लागेको हो । 

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । 

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार आठ सय रुपियाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २६ रुपियाँले घटेर एक हजार तीन रुपियाँमा आएको महासङ्घले जनाएको छ ।