• १५ वैशाख २०८१, शनिबार

नेप्से परिसूचक ७.४१ अङ्कले गिरावट

blog

काठमाडौं, भदौ ६ गते । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । आज नेप्से परिसूचक ७.४१ अङ्क घटेर २०५३.१३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४७ अङ्क, फ्लोट इण्डेक्स ०.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अङ्क घटेको छ ।

कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर एक अर्ब ७२ करोड ६२ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ । आइतबार दुई अर्ब चार करोड ७० लाख ९३ हजार रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० प्रतिशत बढेको छ । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०५ प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र निर्जीवन बीमाको ०.५७ प्रतिशतले घटेको छ ।

नेप्सेमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सामलिङ्ग पावरको शेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.२४ प्रतिशत ले घटेको छ । श्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ४.१५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ३.८९ प्रतिशत घटेको छ ।  हिमाल दोलखा हाइड्रोपावरले २८ करोड १८ लाख ७१ हजार रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ ।