• १५ वैशाख २०८१, शनिबार

अमेरिकी सरकारबाट शेर्पालाई सम्मान

blog

काठमाडौं, भदौ ६ गते । सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वार्ड नं १ स्थाई घर भई अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएका आङ जाङबु शेर्पालाई अमेरिकी सरकारले सम्मान गरेको छ । नेपाल शेर्पा संघ अमेरिकाको निवर्तमान अध्यक्ष शेर्पालाई 'प्रेसिडेन्ट भोलुन्टर सर्भिस अवार्ड' बाट सम्मान गरेको हाे । 


विभिन्न संघ संस्थामा सहभागी भई सामाजिक सेवा गरे वापत ह्वाइट हाउसले पदक, कदरपत्र सहित सम्मान गर्दै अवार्ड प्रदान गरेको हो । शेर्पा २ पटक एनआरएनको पर्यटन विभागको संयोजक, शेर्पा किदुक अमेरिकाको महासचिब र शेर्पा संघ अमेरिकाको अध्यक्षको जिम्मेवारी बहन गरी सक्नु भएको छ । आइतबार एक समारोहको बीच शेर्पालाई अमेरिकी सरकारको प्रतिनिधिबाट उक्त अवार्ड प्रदान गरिएको थियो ।