• २० वैशाख २०८१, बिहिबार

प्रधान न्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा

blog

काठमाडौं, साउन २२ गते । प्रतिनिधि सभाले प्रधान न्यायाधीश चालेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा महाअभियोग प्रस्तावको सम्बन्धमा छलफल भएको थियो । 

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ । महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा हुनुहुन्छ । 

प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।