• १३ साउन २०८१, आइतबार

अशक्त युवती बलात्कार आरोपमा थापा पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत १ गते । शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका ८ रातमाटेमा स्थायी घर भएका ४० वर्षीय का चित्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०८० साल फागुन २९ गते दिउँसो १ बजेको समयमा शारीरिक र मानसिक रूपमा अशक्त युवतीलाई घरमा कोही पनि नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा पीडित आमाको जाहेरी दरखास्तको आधारमा बुधवार पक्राउ गरिएको हो ।  

उनलाई कारवाहीका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।