सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, मङ्सिर ७ गते । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीय (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षको उमेरमा नेपाली नागरिकता प्रदान गरिएको छ ।
तामाङ २००९ जेठ २० गते जन्मेको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता दिएको हो । उक्त वडाका वडाध्यक्ष रमेशकुमार श्रेष्ठले वडा मुचुल्का उठाएर वंशजका आधारमा तामाङलाई नागरिकता दिलाएको जानकारी दिनुभयो । जुल्फेका बुवा लेम्बा तामाङ र आमा पोकची तामाङ रहेको खुल्न आएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । तामाङ परिवारविहीन हुनुहुन्छ ।