शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अनिल पराजुली
हेटौँडा, मङ्सिर २ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन् ।
मङ्गलबार बिहान ८ बजेर ३० मिनेटको समयमा स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे वडाअध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेपछि प्रहरी हवल्दार शम्भुनारायण साहको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल सुरक्षित गरी आवश्यक अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक दीपक थापाको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।