• ९ साउन २०८१, बुधबार

सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौँ, साउन गते ९ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । 

सौर्य एयरलाइन्सको ‘नाइन एन एएमई सिआरजे सेभेन’ को विमान विमानस्थल परिसरभित्र दुर्घटना हुँदा सौर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक सवार १८ जनाको मृत्यु र पाइलट गम्भीर घाइते हुनुभएको छ । सभापति देउवाले दुर्घटनामा दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ । रासस