• २४ वैशाख २०८१, सोमबार

पत्रकार महतारा पुरस्कृत

blog

पत्रकार नवराज महतारा ।

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १० गते । जिल्लामा क्रियाशील पत्रकार नवराज महतारा पहिलो पटक स्थापना गरिएको जयबहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाले आठौँ जिल्ला अधिवेशनको अवसरमा पत्रकार महतारालाई पुरस्कृत गरेको हो । 

जिल्लामा पत्रकारिताको क्षेत्र सुरुवात गर्ने स्वर्गीय पत्रकार जयबहादुर रोकायाको नाममा स्थापना गरिएको पत्रकारिता पुरस्कार नवराज महतारालाई प्रदान गरिएको महासङ्घ हुम्लाका सचिव नन्द सिंहले बताउनुभयो । पुरस्कृत महतारालाई दश हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । 

सोही अवसरमा महासङ्घले लामो समयदेखि जिल्लाका क्रियाशील दुई जना पत्रकार छपाल लामा र हरिबहादुर रावतलाई जनही दुई हजार रुपियाँसहित सम्मान गरिएको थियो । यसैबिच पत्रकार महासङ्घ हुम्लामा आठौँ जिल्ला अधिवेशन दुई वटा साङ्गठनिक र आर्थिक प्रतिवेदन सभामा छलफल पछि पारित गरिएको छ ।