• ११ मंसिर २०८१, मङ्गलबार

कर्णाली प्रदेशमा पूर्वाधार निर्माण जोड

blog

निर्माधिन राजमार्गको अवस्थामा विषयमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख १० गते ।
प्रतिनिधिसभा पूर्वाधार विकास समिति सदस्य तथा निर्माणधिन सडक  अनुगमन संसदीय समितिका संयोजक ऐनबहादुर शाहीले कर्णाली प्रदेशमा पूर्वाधार निर्माणलाई सरकारले प्रथामिकता दिनुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा सडक लगायतमा पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिन गुनासो गर्नुहुँदै अब गरिने विकासमा कर्णालीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

सल्यानमा आयोजित सरोकारवालाहरुका बिचमा भएको जिल्लामा निर्माधिन राजमार्ग सडकको अवस्थामा विषयमा भएको छलफलमा संयोजक शाहीले यस अघिका सरकारले अघि सारेका विकास आयोजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘प्रदेश र जिल्लामा सञ्चालनमा रहेका गौरवका पूर्वाधारका योजनामा ध्यान नदिएर अहिलेको सरकारले योजना अलपत्र पार्न खोजेको छ । यो राम्रो कार्य होईन । मन्त्री सरकार फेरिदैमा आयोजनामा असर पर्नु हुँदैन ।’’

यसैगरी, पूर्व मन्त्री तथा विकास समितिका सदस्य प्रकाश ज्वालाले छनोटमा परेका विकास निर्माणका योजना कार्यान्वयमा ढिलाई हुनुले जनतामा निराशा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विभिन्न योजनामा बजेट छ । टेन्डर भएको छ । तर कार्यान्वयनमा प्रभावकारीता छैन । यसलाई सुधारगर्न सबैले पहल लिनुपर्दछ ।’’

सल्यानमा सञ्चालनमा रहेका मदनभण्डारी राजमार्ग, राप्तीराजमार्गसहित कर्णाली प्रदेशमा निर्माधिन मध्यपहाडीलोकमार्ग, कर्णाली करिडोरलगायतका सडकमा भइरहेको कामको अनुगमन गरी स्थलगत रिपोर्ट तयार गरी सम्बन्धी मन्त्री र मन्त्रालाई वुझाइने अनुगमन समितिका सदस्य उर्मिला माझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सडक पूर्वाधारका कामलाई छिटोछरितो र गुणस्तरीय वनाउन समितिको तर्फबाट ध्यानाकर्षण गराउँछौ ।’’

कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हुँदैमा सञ्चालित गौरवका आयोजनामा प्रभावित हुन नहुनेमा जोड दिएका छन् । राप्ती राजमार्ग र मदनभण्डारी राजमार्गमा आवश्यक बजेटको स्रोतको सुनिश्चिता भए पनि सरकार फेरवदल हुँदैमा टेण्डर नभएको गुनासो गरेका थिए । कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान र रुकुमका लागि जीवन (लाईफ लाईन)को रुपमा रहेको राप्ती राजमार्गको काममा ढिलाई भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ठेक्का टेण्डर भएको लामो समयम भए पनि काममा किन ढिलाई भएको छ । यसलाई छिटो कार्यान्वयन गर्न सम्बन्धी निकायले ध्यान दिनुपर्दछ ।’’ कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले अघि बढेका आयोजनाको काम रोक्न नहुने बताउनुभयो ।