• २७ वैशाख २०८१, बिहिबार

भिरबाट लडेर वृद्धाको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, वैशाख ८ गते । जाजरकोटमा एक वृद्धाको भीर वाट लडेर मृत्य भएको छ । जिल्लाको बारे कोट गाउँपालिका ४ जिरी गाउँकी ७४ वर्षीया जया देवी विकको हिजो बेलुका मृत्यु भएको छ । घर वाट नजिकको अर्को गाउँमा जाने क्रममा एक्कासि भीर वाट लड्दा गम्भीर घाइते भएकी वृद्धाको उपचारको तयारीकै क्रममा मृत्यु भएको वडाध्यक्ष विष्णु रावतले जानकारी दिनु भयो ।

जाजरकोटमा प्रत्येक महिना रुख र भीर वाट लडेर १०, १२ जना नागरिकले अकालमै ज्यान गुमाउने गरेको प्रहरीको तथ्याङ्क रहेको छ । धेरै जसो भिरालो जमिनमा घाँस, दाउरा गर्दा र हिँडडुल को क्रममा ठुला ठुला भीर रहेकाले नागरिकहरूले अकालमै ज्यान गुमाउनु परेको हो ।