• १३ असोज २०८१, आइतबार

हुम्लामा चार दिनदेखि हवाई सेवा बन्द

blog

हवाई सेवा अवरुद्ध भएपछि सुनसान सिमकोट विमानस्थल। तस्बिर : राजन रावत

राजन रावत

हुम्ला वैशाख ४ गते। हुम्लामा पाँच दिनयता हवाई सेवा अवरुद्ध हुँदै आएकाे छ। हवाई सेवा अवरुद्ध हुँदा हुम्ला आउने र जाने यात्रु मर्कामा परेका छन्।

पाँच दिनदेखि हवाई सेवा बन्द रहँदा यात्रु मर्कामा परेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो । 

गत शुक्रबार सीता एयरको जहाजले उडान भएयता अन्य कुनै उडान हुन सकेको छैन। सिमकोट विमानस्थल प्रमुख सिंहले उडान हुन नसक्नुमा नेपाल एयरलाइन्स र समिट एयरको जहाजलाई प्राविधिक समस्या आउन र अन्य निजी एयरका जहाज काठमाडौं फर्केको कारण हुम्ला लगायत कर्णालीका हिमाली जिल्लामा उडान हुन नसकेको बताउनुभयो। 

अहिले तारा, सीता र समिट एयरको जहाज हप्ताको एक दिन एउटा उडान भर्ने र फर्कने गर्दै आएका छन्। उक्त समस्या जहाज काठमाडौं फर्केको कारण भएको हो।  यसबाट सिमकोटबाट नेपालगञ्ज जाने यात्रु मर्कामा परेका छन्। 

जिल्ला अस्पतालले रिफर गरेका बिरामी उपचार गर्न जाने अवस्था छैन। त्यसैगरी नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु पनि समस्यामा परेका छन्।