• ७ जेठ २०८१, सोमबार

जिल्ला जिल्लामा पुगे पाठ्यपुस्तक

blog

बुलबुले समाचारदाता

सुर्खेत, चैत २२ गते । अघिल्ला वर्षमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक हात पार्न नसक्ने कर्णालीका विद्यार्थीले यस वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुमै पुस्तक प्राप्त गर्न सक्ने भएका छन् । 

प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म आठ हजारभन्दा धेरै पुस्तक जिल्ला जिल्लामा पुगिसकेका छन् । यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार जिल्ला जिल्लामा धमाधम पाठ्यपुस्तक पठाउन थालिएको छ । 

अहिलेसम्म सबैभन्दा धेरै दैलेखमा दुई हजार पाँच सय सेट पाठ्यपुस्तक पुगिसकेको प्रमुख पन्तले जानकारी दिनुभयो । मुगुमा छ सय सेट, हुम्लामा छ सय सेट, जुम्लामा पाँच सय सेट, जाजरकोटमा नौ सय सेट, कालीकोटमा एक हजार सेट र सुर्खेतमा एक हजार दुई सय सेट पुस्तक बिक्रेतामार्फत जिल्ला जिल्लामा पुगेका हुन् । भर्ना अभियानसँगै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पु¥याउने सरकारको उद्देश्य अनुरूप पुस्तक बिक्री सुरु गरिएको जनक शिक्षाको दाबी छ ।

जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । यो वर्षका लागि आवश्यक पर्ने पर्याप्त पुस्तक गोदाममा राखिएकाले पुस्तक अभाव नहुने कार्यालय प्रमुख पन्त बताउनुहुन्छ । जनक शिक्षाले जिल्ला अनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाको पहिले पालो तोकिएको छ भने अलिक सुगम जिल्लालाई पछाडि राखिएको छ ।