• १६ वैशाख २०८१, आइतबार

सवारी दुर्घटनामा दुईको मृत्यु, चार घाइते

blog

हरिकृष्ण ऐडी

मुगु, चैत १४ गते । गमगढी–सोरू लोकमार्ग अन्तर्गत कच्याँको तारापानीमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

बुधबार अन्दाजी ४ बजेतिर कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिका –६ कक्छेगाउँनजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना भएको हो । जिपमा सवार रहेका चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृत्यु हुनेमा चालक कविराज नेपाली र कुसुम नेपालीको मृत्यु भएको छ। घाइते हुनेमा सोरु गाउँपालिका मुरुमुरु गाउँका मन्जने नेपाली, सर्जन नेपाली, हिरादिङ्ग नेपाली र वर्ष २२ को प्रेम नेपाली छ्न् । घाइते मध्री मन्जने नेपालीको अवस्था चिन्ताजनक छ।

घाइते चारमध्ये सामान्य घाइते भएका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारका लागि प्रहरीले उद्धार गरी मुगु जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको जिप सडकभन्दा करिब एकसय मिटर तल खसेको प्रहरीको भनाइ छ ।